अफगानिस्तानबाट ३२ जना नेपाली नागरिकको उद्धार

काठमाडौं । सरकारले अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।
शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराए । योसँगै अफगानिस्तानमा अव उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दावी छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अव नरहेको दाबी गरे ।
उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यस पछि अव चाँही उद्धारको पर्खाईमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टमा रहनु भएको छ । आज नेपाल एयरलाईन्स दुवई दुवई फ्लाईटबाट २९ जना नेपालीहरु आएको र यस अघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’
परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया