थप ३७२ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
काठमाडौँ उपत्यकामा मात्रै १०३ जनामा कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५३१६ जनामा पिसिआर परिक्षण गर्दा २९७ जना र २५९५ जनामा एन्टीजेन परिक्षण गर्दा ७५ जना गरी ३७२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधि कोरोना संक्रमण पुष्टी भएका थप ११ जनाको मृत्यु भएको छ । योसँगै कुल मृत्यु संख्या ११ हजार ३९९ पुगेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टाको अवधिमा थप ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९१ हजार २६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म कूल सङ्क्रमित मध्ये ७ लाख ९१ हजार २६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै १०३ जनामा कोरोना
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०३ जना, भक्तपुरमा २० जना र ललितपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन् ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया