थप ३७२ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
काठमाडौँ उपत्यकामा मात्रै १०३ जनामा कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५३१६ जनामा पिसिआर परिक्षण गर्दा २९७ जना र २५९५ जनामा एन्टीजेन परिक्षण गर्दा ७५ जना गरी ३७२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधि कोरोना संक्रमण पुष्टी भएका थप ११ जनाको मृत्यु भएको छ । योसँगै कुल मृत्यु संख्या ११ हजार ३९९ पुगेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टाको अवधिमा थप ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९१ हजार २६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म कूल सङ्क्रमित मध्ये ७ लाख ९१ हजार २६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै १०३ जनामा कोरोना
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०३ जना, भक्तपुरमा २० जना र ललितपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन् ।















धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया