मन्त्री कार्कीको आरोप–ओलीले गफ छाँटेरै समय बिताए

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन् ।
शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुने बताए । ओली सरकारले साँढे तीन वर्ष गफमा बिताएको तर काँग्रेसको सरकार मुलुकको समृद्धि र बिकास केन्द्रीत रहेको मन्त्री कार्कीले दाबी गरे ।
उनले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको उल्लेख गरे ।
साथै मन्त्री कार्कीले प्रदेश १ का आफ्ना पार्टी नेपाली काँग्रेसका प्रदेश सांसदहरुलाई पार्टी निर्णय विपरित नजान निर्देशन पनि दिएका छन् । मन्त्री कार्कीले प्रदेश सभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरसः पालना गर्न निर्देशन दिए ।
मन्त्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केहि काँग्रेस नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हित विपरित ठहरिने उल्लेख गरे । प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने र नेकपा एसको नेतृत्वमा बन्ने उनको भनाई थियो ।
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया