डडेल्धुरामा बस दुर्घटना, १० घाइते
मेरोन्यूज
२०७८ कार्तिक १४ गते ९:३६

डडेल्धुरा । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ ।
घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ । घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया