साताको पहिलो दिन नेप्सेमा हरियाली

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ५५.५० अंकले वृद्धि भएको छ । अघिल्लो दिनको नेप्से परिसूचक १.९९ प्रतिशतले वृद्धि भएर २८३७.६१ विन्दुमा रोकिएको हो ।
कूल २३२ कम्पनीको ८१ हजार ९३५ कारोबारबाट ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरका १ करोड ३८ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । बैंकिङ समूह ०.१६ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि विकास बैंक समूहको ६.५४ प्रतिशतले भएको छ ।
आज ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ३१ करोड ५७ लाख रुपैयाँको भएको छ ।
त्यसैगरी दोस्रोमा नविल बैंक लिमिटेडको २८ करोड ३ लाख रुपैयाँको कारोवार भएको छ ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया