एएफसी छनोटः नेपाल लेबनानसँग ४–० ले पराजित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल लेबनानसँग पराजित भएको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार भएको खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हेइदरले एक/एक गोल गरे ।
खेलको २६औँ मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाए । खेलको ४७औँ मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २–० को अग्रता दिलाए । खेलको ७४औँ मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८२औँ मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४–० को जित दिलाए ।
समूह बी मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अङ्क जोडेर तेस्रो स्थानमा रह्यो ।
यस समूहमा ६ अङ्क जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ भने समान ६ अङ्क नै रहेको इरान दोस्रो स्थानमा रहेको छ । ताजिकिस्तान र इरानबीचको खेल आइतबार नै हुनेछ । यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका रहेको छ ।
प्रतियोगितामा नेपाल शून्य जीत रह्यो । केही दिनअघि मात्रै नेपाल साफ खेलमा पहिलो पटक उपविजेता बनेको थियो ।


















बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया