कास्कीमा राती १० बजेपछि देउसीभैलो खेल्न निषेध

पोखरा । कास्कीमा तिहारको अवसरमा राति १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार सूचना जारी गर्दै राती १० बजेछि देउसी भैलो खेल्न रोक लगाएको हो ।
कोरोना सङ्क्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर राती १० बजेसम्म मात्र देउसी भैलो नाचगान गर्न प्रशासनले आदेश दिएको छ ।
यस्तै, प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भूइँचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग र निकासी, ओसारपोसारमा पूर्ण प्रतिवबन्ध लगाएको छ ।
मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैंझगडा गर्ने जस्ता कार्य नगर्न र भीडभाडजन्य गतिविधि गरी समाजमा शान्ति एवं अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
त्यस्तै, मठ मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरूमा अनावश्यक भिडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी पूजापाठ लगायतका धार्मिक कार्य सञ्चालन गर्न आग्रह गरेको छ ।

















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया