नयाँ मोदी र लाहाचोक सबस्टेशन निर्माण

पर्वत । पर्वतको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ ।
पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ«े गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए ।
मोदी गाउँपालिकाको देउपुरमा ६३ रोपनी क्षेत्रफलमा निर्माण भएको नयाँ मोदी सबस्टेशन १३२ केभी क्षमताको हो । सबस्टेशनको सिभिल र इलेक्ट्रिकतर्फको सबै काम, कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँचमार्ग सबैको काम सम्पन्न भएपछि शनिबार चार्ज गरिएको छ । यसमा साविकको पोखरा–मोदी लाइनसमेत जडान गरिसकिएको उनले बताए ।
यसैगरी कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन लाहाचोक सबस्टेशनको सबै काम सम्पन्न भइसकेको छ । उपकरण जडानको सामान्य काम बाँकी रहेकाले एकदेखि डेढ महिनामा चार्ज गर्ने तयारी भइरहेको छ ।
पर्वत र कास्कीको सीमा भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्लाई पोखरास्थित सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण भएको हो । मोदी –२ देउपुरबाट कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो हुनेछ । प्रसारण लाइनमा १३८ टावर रहनेछन् । लाहाचोकबाट लेखनाथसम्मको काम भने बाँकी छ । त्यो क्षेत्रमा २० देखि २५ वटा टावर निर्माणको काम बाँकी रहेको छ । स्थानीयवासीको अवरोधलगायत समस्याका कारण टावर निर्माण हुन नसकेको हो । लेखनाथ सबस्टेशनको कामसमेत अन्तिम चरणमा पुगेको आयोजना प्रमुख अग्रवालले जानकारी दिए ।
दुई अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको भए पनि कोरोना र स्थानीयवासीको अवरोधलगायतका कारण केही समय ढिलाइ भएको हो । यो प्रसारण लाइन निर्माणका लागि सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । प्रसारण लाइन निर्माणपछि २०० मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिने छ ।










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया