बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन्।
शनिबार साँझ प्रहरीले एलईडी सेटसहित भारतीय नम्बर प्लेटको गाडी र रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुई दिनदेखि जनकपुरधामको विभिन्न चोकमा भारतीय गाडीले बीबीसीले तयार पारेको डकुमेन्ट्री देखाइरहेको थियो। एलइडी सेटसहितको गाडी रहेको छ।
थप दुई वटा गाडी अझै रहेको छ, खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर जनकपुरको रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको थियो।
प्रसारण भइरहेको क्रममा गाडीमै बसिरहेका रास्वपाका कार्यकर्ता विकास जयसवाललाई पक्राउ गरिएको छ।
निर्वाचन आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग गरी संवेदनशीलताको ख्याल नगरी चुनावको मुखमा बीबीसीको डकुमेन्ट्री प्रसारण गरिरहेकाले उनलाई नियन्त्रणमा लिइएको हाे ।
दुई दिनदेखि रास्वपा कार्यकर्ताले डकुमेन्ट्री देखाइरहेको पाइएको छ। एउटा गाडी नियन्त्रणमा आए पनि अन्य दुई वटा गाडी फेला नपरेको उनले बताए।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया