अफगानी रोक्न जमुनाह नाकामा उच्च सतर्कता

बाँके । भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिए ।
उनका अनुसार भारतीय आधार कार्ड देखाएर अफगानी नेपाल प्रवेश गर्न सक्ने खतरा रहेकाले आधार कार्डलाई मात्र प्रमाण मानेर नेपाल प्रवेश गर्न नदिन निर्देशन दिइएको छ । मुख्य नाकासँगै सहायक नाकामा पनि कडाइ गरिएको छ । नेपाल प्रवेशका लागि नेपालगञ्जस्थित जमुनाहलाई सहज नाकाका रुपमा लिइने भएकाले यो नाकाबाट कुनै पनि हालतमा अफगानीलाई छिर्न नदिनतर्फ उच्च सतर्कता अपनाइएको प्रजिअ खत्रीको भनाइ छ ।
नेपाल–भारत सीमा नाका खुला भएकाले ग्रामीण ठाउँमा पनि निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको उनले बताए । जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशनपछि नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कताका साथ निगरानी गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
भारतबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीमा समेत निगरानी बढाइएको बताउँदै विष्टले टाढाबाट आएकालाई विशेष ख्याल गर्दै नजिकैबाट आएकालाई पनि सोधपुछ गरी कागजातका आधारमा नेपाल प्रवेश गर्न दिइएको जानकारी दिए ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया