मंगलबार, फागुन ६, २०८१

चैत्रसम्म काम गर्ने प्रधान्यायाधीश राणाको प्रस्ताव अस्वीकार

मेरोन्यूज २०७८ कार्तिक १५ गते १७:०३

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आगामी चैत मसान्तसम्म काम गर्न दिन प्रस्ताव राखे पनि न्यायाधीशहरुले अस्वीकार गरेका छन् । सोमबार प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल भएको हो ।

Advertisement
IMEnabil

स्रोतका अनुसार यो वर्षभरि काम गर्न प्रधानन्यायाधीशले समय मागे पनि न्यायाधीशहरूले अस्वीकार गर्ने निर्णय भएको हो । प्रधानन्यायाधीशको प्रस्ताव कपटपूर्ण रहेको न्यायाधीशहरुले ठहर गरेका हुन् ।

तर, सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि भने सुनुवाई गर्ने भएका छन् । यससँगै सोमबारदेखि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवार्इ सुरु भएको छ ।

प्रतिक्रिया