आजको राशिफल : कार्तिक १६ गते मंगलबार

आज २०७८ साल कार्तिक महिनाको १६ गते मंगलबार, कार्तिक कृष्णपक्षको द्वादशी तिथि, उप्रान्त त्रयोदशी तिथि । आज धनत्रयोदशी अर्थात धनतेरस रहेको छ । त्यसैगरी आज यमदीप दान तथा धन्वन्तरी जयन्ती रहेको छ ।
मेष
मनमा आशाका किरणहरु र दृढतामा विकास हुने छ । परिस्थितिमा केही सुधार आउने छ । खर्च भने बढ्न पुग्ने छ । आम्दानीमा हुने खुम्चाइले आर्थिक दबाब रहने छ । पेशागत क्षेत्रमा राहत मिल्ने छ केही सहज वातावरण तयार हुने छ ।
वृष
सवारीसाधनसँग सम्बन्धि लफडा वा समस्यामा परिने छ । खर्चका क्रम बढ्न पुग्ने छ । पेशागत क्षेत्र अनुकुल नै रहने छ । आम्दानी अनुसार खर्चका मात्राहरु बृद्धि हुन जाने छ । व्यावसायमा रहेकाहरुलाई लाभ मिल्ने छ । सामाजिक छवि राम्रो बन्ने छ ।
मिथुन
रसिक स्वाभावमा तिब्रता आउने छ । तर साथिभाइहरुसँग झैझगडा र तनावको अवस्था निम्तिने छ । पेशागत क्षेत्रमा आफ्नै व्यक्तिगत कमजोरीका कारण समस्याहरु निम्तिने भएकाले सजग रहनु नै उचित होला । बोलीको प्रभाव फितलो बन्ने छ ।
कर्कट
मनोबल धेरै दृढ नभए पनि अति कमजोर हुनबाट भने जोगिने छ । परिवारमा मिलन हुने र साथ सहयोग हुने छ । पेशागत क्षेत्रबाट कदर हुन थाल्ने छ । आलोचना गर्नेहरुले पनि आलोचनाहरु कम गर्न थाल्ने छन् । दाम्पत्य जीवनम मधुरता छाउने छ ।
सिंह
आम्दानीमा बृद्धि हुने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । कार्यालयका कर्मचारीसँग सम्बन्धि विषयमा तनाव उत्पन्न हुने छ । नेतृत्व क्षमताको कदर हुने छ । जोखिमपूर्ण क्षेत्रका समस्या सुल्झाउन अग्रसर हुनु पर्ने छ । प्रतिष्पर्धीहरु यथास्थानमा रहने छन् ।
कन्या
बाणिमा संयमिता अपनाउनु होला । स्वास्थ्यमा केही सुधारहरु देखा पर्ने छ । खर्चका क्रमहरु निरन्तर रहने छन् । चिटचिटाहटपना रहने हुँदा शान्त हुन निकै कठिन हुने छ । स–सानो विषयमा पनि झिँझो लाग्ने भएकाले झैझगडाका क्रम देखिन सक्छ । पेशागत जीवनमा अवरोधहरु आउने छन् ।
तुला
यात्राका क्रममा संयमता अपनाउनु नै उपयुक्त हुने देखिन्छ । साथिभाइको साथ मिल्ने छ । तर खर्च भने धेरै बढ्न जाने छ । योजना अनुसार आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत जीवनमा नयाँ थालनी गर्न सोच बनाइएका क्षेत्रमा अवरोधहरुको सामना गर्नु पर्ने छ । नयाँ सामानको खरिदले भाग्य अभिबृद्धि गर्ने छ ।
वृश्चिक
सामाजिक रुपमा आलोचना गर्नेहरु धेरै हुने छन् । संयम भएर पाइला चाल्दा नै ठीक हुने देखिन्छ । राम्रो गर्न खोज्दा खोज्दै पनि त्यसको अपजस आइ लाग्ने छ । परिवारका सदस्यहरुले द्वन्द निम्त्याउने छन् । पेशागत क्षेत्र निरन्तर रहने छ ।
धनु
समय अनुकुल चलिरहेकाले व्यावसायबाट पनि लाभ मिल्ने छ । धनको बृद्धि हुने छ । दृढतामा पनि बृद्धि हुने छ । तर घमण्डि शैलीको व्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनुहोला । पेशागत क्षेत्र पनि शुभ नै रहने छ । परिवारमा भने अशान्तिको अवस्था आउने छ । अरुलाई छिट्टै विश्वास गर्दा धोका पाइने चुनौति देखिन्छ ।
मकर
व्यावहारिक भन्दा स्वप्नशिल स्वाभावका कारण कार्यसफलता मिल्न गाह्रो देखिन्छ । गर्नै नसक्ने खालका कामप्रति रुचि बढ्ने छ । आम्दानीमा गिरावट हुने छ । कर्मचारी, मजदुर तथा स्टाफका कारा कार्यालयमा तनावपूर्ण अवस्था आउने छ । नयाँ सवारीसाधन तथा वाहनको सम्भावना बलियो रहेको छ ।
कुम्भ
कल्याणकारी सोचमा पनि बृद्धि हुने छ । अवरुद्ध कामहरु पुनः शूरु हुने छ । पेशागत जीवनमा नयाँ लहरहरु देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ । परिवारमा भने किचलो कायम नै रहने छ, अविश्वासको दुरी बढ्ने देखिन्छ । प्राविधिक ज्ञान हासिल गर्ने मौका मिल्ने छ ।
मीन
जीवनप्रति उत्साह र उमङ्ग भन्दा नैराश्यताका भावले बढि स्थान पाउने छ । मनमा अन्योलताका क्रम देखा पर्ने हुँदा सही र बेठीक छुट्याउन हम्मेहम्मे हुने छ । घमण्डि खालको स्वाभावका कारण मित्र तथा आफन्तले दिएको सल्लाह नमान्दा घाटा व्योहर्नु पर्ने छ । खानेकुराप्रति अरुचि बढ्ने छ । पेशागत क्षेत्रमा अन्योलताबाट गुज्रनु पर्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया