मंगलबार, फागुन ६, २०८१

आजको राशिफल : कार्तिक १६ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ कार्तिक १६ गते ६:०७

आज २०७८ साल कार्तिक महिनाको १६ गते मंगलबार, कार्तिक कृष्णपक्षको द्वादशी तिथि, उप्रान्त त्रयोदशी तिथि । आज धनत्रयोदशी अर्थात धनतेरस रहेको छ । त्यसैगरी आज यमदीप दान तथा धन्वन्तरी जयन्ती रहेको छ ।

Advertisement
IMEnabil

मेष
मनमा आशाका किरणहरु र दृढतामा विकास हुने छ । परिस्थितिमा केही सुधार आउने छ । खर्च भने बढ्न पुग्ने छ । आम्दानीमा हुने खुम्चाइले आर्थिक दबाब रहने छ । पेशागत क्षेत्रमा राहत मिल्ने छ केही सहज वातावरण तयार हुने छ ।

वृष
सवारीसाधनसँग सम्बन्धि लफडा वा समस्यामा परिने छ । खर्चका क्रम बढ्न पुग्ने छ । पेशागत क्षेत्र अनुकुल नै रहने छ । आम्दानी अनुसार खर्चका मात्राहरु बृद्धि हुन जाने छ । व्यावसायमा रहेकाहरुलाई लाभ मिल्ने छ । सामाजिक छवि राम्रो बन्ने छ ।

मिथुन
रसिक स्वाभावमा तिब्रता आउने छ । तर साथिभाइहरुसँग झैझगडा र तनावको अवस्था निम्तिने छ । पेशागत क्षेत्रमा आफ्नै व्यक्तिगत कमजोरीका कारण समस्याहरु निम्तिने भएकाले सजग रहनु नै उचित होला । बोलीको प्रभाव फितलो बन्ने छ ।

कर्कट
मनोबल धेरै दृढ नभए पनि अति कमजोर हुनबाट भने जोगिने छ । परिवारमा मिलन हुने र साथ सहयोग हुने छ । पेशागत क्षेत्रबाट कदर हुन थाल्ने छ । आलोचना गर्नेहरुले पनि आलोचनाहरु कम गर्न थाल्ने छन् । दाम्पत्य जीवनम मधुरता छाउने छ ।

सिंह
आम्दानीमा बृद्धि हुने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । कार्यालयका कर्मचारीसँग सम्बन्धि विषयमा तनाव उत्पन्न हुने छ । नेतृत्व क्षमताको कदर हुने छ । जोखिमपूर्ण क्षेत्रका समस्या सुल्झाउन अग्रसर हुनु पर्ने छ । प्रतिष्पर्धीहरु यथास्थानमा रहने छन् ।

कन्या
बाणिमा संयमिता अपनाउनु होला । स्वास्थ्यमा केही सुधारहरु देखा पर्ने छ । खर्चका क्रमहरु निरन्तर रहने छन् । चिटचिटाहटपना रहने हुँदा शान्त हुन निकै कठिन हुने छ । स–सानो विषयमा पनि झिँझो लाग्ने भएकाले झैझगडाका क्रम देखिन सक्छ । पेशागत जीवनमा अवरोधहरु आउने छन् ।

तुला
यात्राका क्रममा संयमता अपनाउनु नै उपयुक्त हुने देखिन्छ । साथिभाइको साथ मिल्ने छ । तर खर्च भने धेरै बढ्न जाने छ । योजना अनुसार आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत जीवनमा नयाँ थालनी गर्न सोच बनाइएका क्षेत्रमा अवरोधहरुको सामना गर्नु पर्ने छ । नयाँ सामानको खरिदले भाग्य अभिबृद्धि गर्ने छ ।

वृश्चिक
सामाजिक रुपमा आलोचना गर्नेहरु धेरै हुने छन् । संयम भएर पाइला चाल्दा नै ठीक हुने देखिन्छ । राम्रो गर्न खोज्दा खोज्दै पनि त्यसको अपजस आइ लाग्ने छ । परिवारका सदस्यहरुले द्वन्द निम्त्याउने छन् । पेशागत क्षेत्र निरन्तर रहने छ ।

धनु
समय अनुकुल चलिरहेकाले व्यावसायबाट पनि लाभ मिल्ने छ । धनको बृद्धि हुने छ । दृढतामा पनि बृद्धि हुने छ । तर घमण्डि शैलीको व्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनुहोला । पेशागत क्षेत्र पनि शुभ नै रहने छ । परिवारमा भने अशान्तिको अवस्था आउने छ । अरुलाई छिट्टै विश्वास गर्दा धोका पाइने चुनौति देखिन्छ ।

मकर
व्यावहारिक भन्दा स्वप्नशिल स्वाभावका कारण कार्यसफलता मिल्न गाह्रो देखिन्छ । गर्नै नसक्ने खालका कामप्रति रुचि बढ्ने छ । आम्दानीमा गिरावट हुने छ । कर्मचारी, मजदुर तथा स्टाफका कारा कार्यालयमा तनावपूर्ण अवस्था आउने छ । नयाँ सवारीसाधन तथा वाहनको सम्भावना बलियो रहेको छ ।

कुम्भ
कल्याणकारी सोचमा पनि बृद्धि हुने छ । अवरुद्ध कामहरु पुनः शूरु हुने छ । पेशागत जीवनमा नयाँ लहरहरु देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ । परिवारमा भने किचलो कायम नै रहने छ, अविश्वासको दुरी बढ्ने देखिन्छ । प्राविधिक ज्ञान हासिल गर्ने मौका मिल्ने छ ।

मीन
जीवनप्रति उत्साह र उमङ्ग भन्दा नैराश्यताका भावले बढि स्थान पाउने छ । मनमा अन्योलताका क्रम देखा पर्ने हुँदा सही र बेठीक छुट्याउन हम्मेहम्मे हुने छ । घमण्डि खालको स्वाभावका कारण मित्र तथा आफन्तले दिएको सल्लाह नमान्दा घाटा व्योहर्नु पर्ने छ । खानेकुराप्रति अरुचि बढ्ने छ । पेशागत क्षेत्रमा अन्योलताबाट गुज्रनु पर्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया