काठमाण्डौँबाट बाहिरिनेलाई कोरोना विरुद्धको खोप

काठमाडौँ । तिहारमा काठमाण्डौँबाट बाहिरि जानेलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानदेखि काठमाण्डौँ उपत्यकाबाट बाहिरि जानेलाई खोपको व्यवस्था गरिएको छ ।
मन्त्रालयका अनुसार कलंकी, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लग्नु पर्ने र खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइने बताइएको छ ।
१८ वर्षभन्दा माथिका सबैलाई अस्ट्राजेनेकाको खोप लगाइने जनाइएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले चाडवाडमाउपत्यका वाहिर जानेहरुमा कोरोना प्रभाव नहोस भन्नने उदेश्यले यस्तो घुम्ती खोप सेवा शुरु गराएका हुन् ।
मन्त्री खतिवडाले काठमाडौंबाट उपत्यका वाहिर सार्वजनिक यातायात छुट्ने स्थानमा राखिएको खोप केन्द्रको वुधबार विहान निरिक्षण गर्ने कार्यक्रम समेत तय भएको मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।













गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया