किसानलाई राहत रकम वितरण

चितवन । रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ ।
गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो । नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको छ । नगरप्रमुख नारायण वनले वडा नं १ का किसान ब्रमा चौधरीलाई राहत रकम सोमबार हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुआत गरेका छन् । उनका अनुसार सबै वडामा वितरण गर्ने गरी रकम पठाइसकिएको छ ।
रत्ननगरमा किसानको दुई कठ्ठादेखि साढे पाँच बिघासम्मको धानमा क्षति पुगेको छ । वर्षाले १६ वडामा दुई हजार किसानको ९०० बिघा धानखेती पूर्णरूपमा क्षति भएको छ । प्रतिबिघा १० हजारका दरले ९० लाख राहतस्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए ।
धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएको उनले बताए । सबैभन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको पाँच बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको धानखेती कुहिएर नष्ट भएको छ । उनले वडा कार्यालयबाट ५५ हजार राहत रकम प्राप्त गर्नेछन् ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया