सुदूरपश्चिमका मिर्गौला पिडितलाई उपचारमा समस्या

कैलाली । सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ ।
सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडाँैनै जानुपर्ने बाध्यता रहेको छ । डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन,भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् ।
अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधी पनि नपाइदा बिरामीहरू चर्कोमूल्य तिरेर निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन् । प्रदेशका एक मात्र स्थान सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् । ६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नै पर्ने बाध्यता रहेको छ । झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागि सामान्य औषधी समेत नपाइदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ ।
सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ । अस्पतालसँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भएपनी हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् । एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले बताए । सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौँ अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्त व्यस्त जीवन शैलीका कारण नै किट्नी फेल हुने क्रम बढ्ेकोे विभिन्न अध्ययनहरुले देखाएका छन् । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक नहुँदा अस्पतालमै ज्यान जाने होकि चिन्तामा उनीहरू छन् ।













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया