मंगलबार, फागुन ६, २०८१

आजको राशिफल : कार्तिक १८ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ कार्तिक १८ गते ६:१४

आज २०७८ साल कार्तिक महिनाको १८ गते बिहीबार, कार्तिक कृष्णपक्षको अमावश्य तिथि । शुभ दीपावलीअन्तर्गत आज लक्ष्मीपूजा रहेको छ ।

Advertisement
IMEnabil

मेष
रमाइलोसँग जोडिन मन लाग्ने छ । चाड पर्वहरुमा रम्ने स्वाभाव हुने छ । आफन्तजनसँग भेटघाट तथा भलाकुसारी गर्ने अवसर मिल्ने छ । आम्दानीमा भने गिरावटको सामना गर्नु पर्ने र खर्च बढ्न जाने छ । मिठो मसिनो खान पाइने छ ।

वृष
स्वादिष्ट भोजन गर्न तथा रंग रमाइलोमा सहभागि हुने अवसर प्राप्त हुने छ । नयाँ सवारीसाधनको मज्जा लिन पाइने छ । नयाँ नयाँ यात्रामा जान पाइने छ । व्यापारमा फाइदा मिल्ने छ । पेशागत जीवन स्थिर हुने छ ।

मिथुन
रमाइलोमा मन नरम्ने हुन जाने छ । विभिन्न खाले मनोवैज्ञानिक तनावले सताउने छ । राम्रो बोल्दा बोल्दै पनि त्यसको नकारात्मक अर्थ लाग्ने हुँदा अपजस आइ लाग्ने छ । भविष्यप्रतिको अनावश्यक चिन्ताले गर्दा बर्तमानमा रम्न नसक्ने अवस्था रहने छ ।

कर्कट
व्यापार व्यवसायबाट फलदायी लाभ मिल्ने छ । यात्रामा निस्कन पाइने र रमाइलो हुने छ । स्वादिष्ट भोजनहरु प्राप्त हुने छ । परिवारमा मिलन हुने भए तापनि मन साँटासाँट भने हुने छैन् । पेशागत जीवन स्थिर जाने छ ।

सिंह
अरुको सम्मान प्राप्त हुने छ । पेशागत क्षेत्रमा थप जिम्मेबारी प्राप्त हुने हुँदा जिम्मेबारी बढ्न जाने छ । व्यापार व्यवसायमा सुधार आउने छ । उमङ्ग र उत्साह बढ्ने छ । दाम्पत्य जीवनमा मधुरता आउने छ ।

कन्या
धन सम्पत्ति कमाउने अभिलाषामा बृद्धि हुने छ । कर्मशिलतामा बृद्धि हुने र व्यावसायिक जगतबाट लाभ समेत मिल्ने छ । पारीवारिक मिलन हुने छ । यात्रामा जाने समय छ । स्वास्थ्य अवस्थामा भने ध्यान दिनु होला । पेशागत जीवन सन्तुलित रहने छ ।

तुला
व्यवसायिक जगतमा फड्को मिल्ने छ । आम्दानीमा बृद्धि देखा पर्ने छ । धार्मिक आध्यात्मिक कार्यप्रति तिब्रता विकास हुने छ । भाग्यको साथ रहेकाले आँटेका कुराहरु पुरा हुने छन् । यात्रामा कठिनाई आउने छ । दामपत्य जीवनमा बादबिबादको अवस्था आउने भएकाले संयमता अपनाउनु होला ।

वृश्चिक
समाजमा प्रतिष्ठा बढ्ने छ । परिवारमा तनावको अवस्था आउने र बादबिबादबाट गुज्रनु पर्ने छ । मित्र गणहरुको भने साथ पाइने छ । पेशागत जीवनमा कठिनाइको सामना गर्नु पर्ने छ । पूजा पाठमा मन लगाएमा शान्ति मिल्ने छ ।

धनु
धन धान्यमा अभिबृद्धि हुने छ । भगवत कार्यमा मन समर्पित हुने छ र शान्ति पनि प्राप्त हुने छ । परिवारमा मिलन हुने छ । पेशागत जीवन सकारात्मक रुपमा रहने छ । व्यक्तित्व भने अलि कडा खालको हुने भएकाले यसबारेमा ध्यान दिनु होला ।

मकर
मन सकारात्मक भन्दा नकारात्मक विषयमा केन्द्रीत हुँदा अशान्तिको महशुस हुने छ । आम्दानी सोचे जस्तो नहुने भएकाले दबाबको सृजना हुने छ । पेशागत जीवन औसत खालको रहने छ । सार्वजनिक यातायातमा सहभागिहरुलाई फाइदा मिल्ने छ ।

कुम्भ
शुद्धताको समय सक्रिय रहेकाले आत्मिक शान्ति प्राप्त हुने छ । सामाजिक रुपमा कदर हुने भए तापनि परिवारका सदस्यहरुले भने विभिन्न विषयमा आलोचना गर्ने छन् । पेशागत क्षेत्रमा भविष्यप्रति सकारात्मक धारणा बन्ने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । परिवारमा भने कटुता आउने छ ।

मीन
खानपिनले स्वास्थ्य सम्बन्धि विषयमा नकारात्मक असर पु¥याउने छ । प्रशासनिक झमेलाको सामना गर्नु पर्ने छ । सामाजिक प्रतिष्ठामा आँच आउने छ । दाम्पत्य जीवनमा विश्वास कायम रहने छ । पारीवारिक जीवनमा मिलन हुने छ । आम्दानीमा गिरावट आउँदा आर्थिक सन्तुलन बिग्रने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया