मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १८ गते ९:२१

कैलाली । डोटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका–८ गोपघाटमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दिपायलबाट डडेल्धुरा जादै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले के.आई.सिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका–८ गोपघाटमा बुधबार दिउँसो करिब १ बजे कार्कीलाइ ठक्कर दिएको थियो।घटनापछि मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका–२ पुन्यपाटाका २५ वर्षीय ध्रुव कडायत र मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सम्बन्धित











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया