भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन तयार : प्रधानमन्त्री देउवा
एमसीसी सहमतिमा पास हुन्छ, गठबन्धन चुनावसम्मै कायम हुन्छ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल आउन तयार रहेको बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन तयार रहेको बताएका हुन् ।
उनले दुई पक्षीय भेटमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र त्यसमा मोदी सकरात्मक रहेको बताए । उनले भने, ‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ । तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ, नेपालमा आउनुस् भनेँ, उहाँले आउन तयार छु भन्नु भएको छ ।’ नेपालले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा प्रकाशीत गरेपछि दुइ देशबीचको सम्बन्ध बिग्रेको थियो ।
यस्तै प्रधानमन्त्री देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने बताए । उनले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र एमसीसीबारे नआत्तिन अमेरिकालाई भनिसकेको बताए ।
यस्तै प्रधानमन्त्री देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताए । देउवाले गठबन्धनमा कुनै किसिमको शंका नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री देउवाको स्वागतमा काँग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल गएका थिए ।

















आज फागुन १२ गते मंगलबार, कस्ताे रहला तपाइकाे राशिफल
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
प्रतिक्रिया