त्रिवेणी–दुम्किबास सडक बनाउँछौँः मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुरुङमार्ग निर्माण गरेरै पनि त्रिवेणी–दुम्किबास सडकखण्डसञ्चालन गरिने बताएका छन् । गृहजिल्ला नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दुमा आयोजित कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यक्रममा उनले चितवन राष्ट्रिय निकुञ्ज र युनेस्कोको विरोधका कारण वैकल्पिक तरिका अपनाएर भए पनि उक्त सडक विस्तार गरिने बताएका हुन् ।
स्थलमार्ग बनाउन नपाए सुरुङमार्ग या फ्लाइओभर बनाएर पनि सडक विस्तार गर्ने गरी प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री पोखरेलले जानकारी दिए । नेपाललाई उत्तर–दक्षिण जोड्ने छोटो र उपयुक्त सडक त्रिवेणी–कोरला सडक भएकाले त्रिवेणी–दुम्किबास जोड्ने सडकका विषयमा चासो दिनका लागि आफूले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको र छिट्टै समस्या समाधान हुने आश्वासन पाइएको उनको भनाइ थियोे ।
विसं २०६२ मा ट्रयाक निर्माण गरिएको त्रिवेणी–दुम्किबास सडक निर्माणमा निकुञ्जले अवरोध गरेका कारण जिल्लावासीहरू त्रिवेणी जानका लागि लुम्बिनी प्रदेशको बर्दघाट भएर जानुपर्ने बाध्यता छ ।
त्रिवेणी–कोरला सडकलाई प्रदेशको गौरव आयोजनामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले चीनबाट भारतसम्म जोड्ने यो सडक प्रदेशका लागि मात्र नभएर राष्ट्रका लागि पनि महत्वपूर्ण हुने जिकिर गरे । त्रिवेणीबाट दुम्किबाससम्म २३ किलोमिटरमध्ये आठ किलोमिटर क्षेत्र निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले कोरला–त्रिवेणी सडक निमार्णको काम अगाडि बढ्न सकेको छैन । निकुञ्जले भने सडक निर्माण गर्न नमिल्ने बताउँदै आएको छ ।
















चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया