कौडा खेल्ने १७ पक्राउ, हिरासतमै भाइ टीका लगाउन सक्ने
मेरोन्यूज
२०७८ कार्तिक १९ गते १७:०३
काठमाडौँ । दिपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेँसीसहर नगरपालिका ३ बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा एक लाख ५६ हजारसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
उनका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो । त्यस्तै कौडाका १६ वटा गोटीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने तयारी भए पनि हालसम्म मुद्दा भने दर्ता भइनसकेको र अनुसन्धानकै क्रममा रहेको उनको भनाई छ ।
पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमै राखेर भाइ टीका लगाउने भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया