सबै देशको विनिमय दरमा गिरावट

काठमाडौँ । तिहार पछि सोमबार अमेरिका लगायत सबै देशको विनियमदरमा गिरावट आएको छ । सोमबार अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ११९ रुपैयाँ ४४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंंकका अनुसार युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १३८ रुपैयाँ १६ पैसा छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६० रुपैयाँ ४० पैसा बिक्रिदर १६१ रुपैयाँ २१ पैसा कायम छ । अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ ४१ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ३६ पैसा, बिक्रिदर ९५ रुपैयाँ ८४ पैसा कायम भएर हस भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ छ भने बिक्रिदर ८८ रुपैयाँ ४४ पैसा रहेको छ ।
जापानिज यन १० को खरिददर १० रुपैयाँ ४८ पैसा, बिक्रिदर १० रुपैयाँ ५३ पैसा छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ६७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८२ पैसा, बिक्रिदर ३२ ९८ रुपैयाँ छ ।
संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३१ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८४पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ५७ पैसा, बिक्रिदर २८ रुपैयाँ ७१ पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ११ पैसा कायम भएको छ ।
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया