पार्टीको काममा फर्किए झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आजदेखि पार्टी काममा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भई उनी प्रमुख रहेका विदेश विभागको पहिलो बैठकमा सहभागी भएका थिए ।
उनले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गरेका थिए । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा. शंकर खतिवडालाई मनोनयन गरेका थिए । उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएका थिए ।
गत साउन २० गते भारत नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए । मिर्गौला उपचारका क्रममा उनले सुरुमा काठमाडौँस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल गएका थिए । मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किएका थिए ।
चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएकाले त्यस अवधिभर उनी कुनै पनि कार्यक्रममा उपस्थित भएका थिएनन् ।
















खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया