शुक्रबार, वैशाख २५, २०८३

हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति

मेरोन्यूज २०८३ वैशाख २५ गते ८:१७

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकताको सहमति भएको छ ।

Advertisement
NiccNicc

गएराति भएको दुई पक्षीय वार्ताका क्रममा एकतासम्बन्धी सहमति भएको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताका साथै उनी निकटका केही नेताको व्यवस्थापन गर्नेगरी एकताको सहमति भएको हो ।

यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।

पूर्वमाओवादी नेता किराती चुनावअघि प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । तर, सो पार्टीपनि उनले परित्याग गरेका थिए ।

प्रतिक्रिया