प्रधानन्यायाधीशविरुद्ध गम्भीर कदम चाल्न सांसदहरूलाई नेपाल बारको आग्रह

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानमन्त्री र सांसदहरूलाई प्रधान्यायधीशविरुद्ध गम्भीर कदम चाल्न आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारले नेताहरूलाई उनीविरुद्ध महाअभियोग लगाउनसमेत संकेत गर्दै गम्भीर कदम चाल्न आग्रह गरेको हो ।
यस्तै, एशोसिएसनले आगामी एक हप्ताका लागि थप आन्दोलनको कार्यक्रमसमेत तय गरेको छ । सोमबार बसेको एशोसिएसनको कार्यसमिति बैठकले सर्वोच्च अदालत केन्द्रित आन्दोलनलाई विस्तार गरी जिल्ला स्तरमा समेत आन्दोलन गर्ने भएको छ ।
एशोसिएसनले आगामी २३ देखि ३० गतेसम्म उपत्यकाका जिल्लाहरू तथा उच्च अदालत र न्यायाधिकरण बारमा पनि कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय गरेको छ ।
एशोसिएसनले प्रधानन्यायाधीश जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा समेत सहभागी नहुन निर्णय गरेको छ । यस्तै, अदालत परिसरमा दंगा प्रहरी हटाउन अदालत प्रशासनसँग माग गरेको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
प्रतिक्रिया