प्रधानन्यायाधीशविरुद्ध गम्भीर कदम चाल्न सांसदहरूलाई नेपाल बारको आग्रह

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानमन्त्री र सांसदहरूलाई प्रधान्यायधीशविरुद्ध गम्भीर कदम चाल्न आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारले नेताहरूलाई उनीविरुद्ध महाअभियोग लगाउनसमेत संकेत गर्दै गम्भीर कदम चाल्न आग्रह गरेको हो ।
यस्तै, एशोसिएसनले आगामी एक हप्ताका लागि थप आन्दोलनको कार्यक्रमसमेत तय गरेको छ । सोमबार बसेको एशोसिएसनको कार्यसमिति बैठकले सर्वोच्च अदालत केन्द्रित आन्दोलनलाई विस्तार गरी जिल्ला स्तरमा समेत आन्दोलन गर्ने भएको छ ।
एशोसिएसनले आगामी २३ देखि ३० गतेसम्म उपत्यकाका जिल्लाहरू तथा उच्च अदालत र न्यायाधिकरण बारमा पनि कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय गरेको छ ।
एशोसिएसनले प्रधानन्यायाधीश जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा समेत सहभागी नहुन निर्णय गरेको छ । यस्तै, अदालत परिसरमा दंगा प्रहरी हटाउन अदालत प्रशासनसँग माग गरेको छ ।
















सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया