आइतबार, पुष ६, २०८२

आजको राशिफल : कार्तिक २४ गते बुधबार

मेरोन्यूज २०७८ कार्तिक २४ गते ६:२२

आज २०७८ साल कार्तिक महिनाको २४ गते बुधबार, कार्तिक शुक्लपक्षको षष्ठी तिथि । आज छठपर्व रहेको छ ।

मेष
परिस्थितिमा केही सहजता आउने छ । अनावश्यक विचार श्रृङ्खलाले भएको उर्जा अनावश्यक क्षेत्रमा केन्द्रीत हुने छ । मनमा उदासिनताको मात्रा भने रहीरहने छ । परिवारमा स–साना विषयमा पनि उग्र बादबिबाद र तनाव उत्पन्न हुने छ । पेशागत जीवन भने सहज रुपमा अघि बढ्ने छ ।

वृष
अरुमाथि प्रभाव जमाउन सफल हुने अवस्था रहने छ । टाठो खालको व्यक्तित्व हुने छ । निर्णय क्षमतामा केही सुधारका क्रम आउने छन् । धार्मिक आध्यात्मिक क्षेत्रमा विश्वास बढ्ने छ । पेशागत क्षेत्रमा भनाभन र द्वदात्मक सम्बन्धहरु देखा पर्ने छ ।

मिथुन
सामाजिक रुपमा अपमानित हुने अवस्था आउने भएकाले सतर्क रहनु होला । कडा शैलीको स्वाभाव हुँदा भनाभन र झैझगडाको अवस्था आउने छ । आवश्यकता भन्दा कडा खालको व्यक्तित्व हुने भएकाले अरुले बेढङ्गे स्वाभावको हुने छ । पेशागत जीवन औसत रुपमा अघि बढ्ने छ । आम्दानीमा बृद्धि हुने छ ।

कर्कट
घर घडेरी जोड्ने योग सक्रिय रहेको छ । नयाँ कामको थालनी हुने छ । पेशागत जीवनबाट लाभ प्राप्त हुने छ भने जीवनसाथिको साथका कारण मधुर वातावरण छाउने छ । बिगतमा गरिएका निर्णयहरुले अहिले नकारात्मक असर देखाउने छन् । व्यावसायबाट लाभ मिल्ने छ ।

सिंह
बोलीमा सुधार आउने छ । तर आवश्यक नै नपर्ने स्थानमा बोल्ने बानीका कारण कामहरु बिग्रने छन् । परिवारमा तनाव उत्पन्न हुने छ । व्यावसायमा रहेकाहरुको हकमा जोखिमपूर्ण अवस्था देखिएकाले धैर्य भएर कदम चाल्नु होला । दाम्पत्य जीवनमा पनि कटुता र झैझगडाको अवस्था आउने छ ।

कन्या
मनमा उदासिनताले सताउने छ । निर्णय क्षमतामा कमि आउने छ । व्यक्तिगत स्वाभावमा भने नरमपना आउने छ । पेशागत क्षेत्र औसत खालको रहने छ । परिवारको साथले कठिन क्षणमा संहालिन मद्धत पुग्ने छ ।

तुला
पेशागत जीवन सकारात्मक हुने छ भने आम्दानीमा पनि बढोत्तरी हुने छ । घर घडेरी सँग सम्बन्धित क्षेत्रबाट लाभ आर्जन हुने छ । नयाँ सवारीसाधन खरिद गर्ने समय सक्रिय हुने छ । परिवारप्रति समर्पित हुन मन लाग्ने छ । आफ्नो लक्ष्य तथा सपना प्राप्तिमा लागि रहन मन लाग्ने छ । बोली प्रभावकारी हुने छ ।

वृश्चिक
प्रतिष्पर्धात्मक स्वाभाव हुने भएकाले प्रतिष्पर्धीहरुले पेल्ने छैनन् । पेशागत क्षेत्रमा सुधार आउने छ । कमाईको मात्रामा गुणात्मक बृद्धि हुने छ । दुर्घटना तथा शारीरिक चोटपटकको समय सक्रिय रहेकाले संयमित रहनु होला । सवारीसाधनसँग सम्बन्धि विषयमा समस्याहरु सामना गर्नु पर्ने छ ।

धनु
सामाजिक सोच र विचारले गर्दा समाजले कदर गर्ने छ । पेशागत क्षेत्रमा संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । आर्थिक उन्नति हुने छ । व्यावसायमा संलग्नहरुको हकमा पनि सोच विचार गरेर मात्र निर्णयहरु लिनु होला । पारीवारिक रुपमा किचलो हुने छ ।

मकर
भाग्यले साथ दिएकाले व्यापार व्यवसाय र पेशागत क्षेत्रमा सहजता आउने छ । बोलीको प्रभावका कारण सकारात्मक नतिजाहरु आउने छन् । आम्दानीमा पनि बृद्धि हुँदा प्रतिष्ठा बढ्न पुग्ने छ । योजनाहरु सफल हुने तर्फ जाने छन् । तर खर्चहरु भने बढ्न पुग्दा आर्थिक दबाब सृजना हुने छ ।

कुम्भ
बोलीको प्रभावका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । व्यापार व्यवसायमा बृद्धि हुने र आम्दानीमा पनि बृद्धि हुने छ । आर्थिक फाइदा मिल्ने छ । पेशागत क्षत्रको प्रभावकारीतामा पनि बृद्धि हुने छ । परिवारमा तनाव आउने तथा दाम्पत्य जीवनमा पनि भनाभन उत्पन्न हुने छ ।

मीन
परिवारको साथ अटुट रहँदा राहत प्रदान गर्ने छ । अरुको विश्वास छिट्टै गर्ने भन्दा अडकलेर मात्र व्यावहार गर्दा उपयुक्त हुने देखिन्छ । जोखिमपूर्ण समय सक्रिय हुने देखिन्छ । खासगरी राजनीति, व्यापार र ठेक्कापट्टामा आवद्धहरुलाई समय जोखिमपूर्ण रहेको छ । पेशागत क्षेत्रमा औसत समय रहेको छ ।

प्रतिक्रिया