देशभर ४४० जना कोरोना संक्रमित थपिए, छ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ४४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ४०७ जनाको पिसिआर परीक्षण र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गरी ६ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा ४४० जनामा संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टी भएका थप ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९७९ जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको हुनुका साथै ११ हजार ४६० जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया