नदी किनारहरुमा छठको रौनक (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकाका पोखरीहरुसहित तराईका खोला किनारहरुमा तराईबासी हिन्दु नेपालीहरुले विशेष रुपमा मनाउने छठ पर्वको रौनक छाएको छ ।
बारा, पर्सा, धनुषा लगायत प्रदेश २ का जिल्लाहरुका साथै नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका तराईका जिल्लाहरुमा छठ पर्व रौनक देखिएको छ ।
यस्तै, ललितपुरको कुपण्डोलस्थित बाग्मति नदी किनारमा पनि ब्रतालुहरुले बुधबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएर छठ पूजा गरेका छन् ।

धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्य उपासनाको पर्व छठ उल्लासमय छ । आस्था र सहअस्तित्वको पर्व छठको तेश्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ ।

छठ पर्व मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउँने महापर्व हो । अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व उल्लासमय हुन सकेको थिएन ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वासअनुरुप छठ मनाइन्छ । छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यस पर्वमा सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि सहभागी हुन्छन् ।

पहिलो दिन व्रतालुले ‘नहाए खाए’ अर्थात् नुहाएर खाने विधि पूरा गरी छठपर्वको शुभारम्भ गर्दछन् । दोस्रो दिन खर्ना मनाइन्छ । जस अन्तर्गत ब्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई खानेकुरा खान्छन् ।
यस पर्वको तेस्रो दिन ब्रतालुले दिनभरि आ–आफ्नो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् ।
त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व समापन गरिन्छ ।

























मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया