गाउँपालिका अध्यक्ष एमाले छाडेर माओवादी प्रवेश

डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
माओवादी प्रवेश गरेका गुरुङलाई स्वागत गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथमा अर्थमन्त्री जनार्दन शर्मा पनि डोल्पा पुगेका थिए ।
२०७४ को स्थानीय तहको चुनावमा स्वतन्त्ररुपमा पालिका अध्यक्ष निर्वाचित भएका गुरुङ् निर्वाचनपछि एमाले प्रवेश गरेका थिए । गुरुङलाई प्रचण्ड र मन्त्री शर्माले खादा ओढाएर स्वागत गरे ।
पार्टी प्रवेशपछि गाउँपालिका अध्यक्ष गुरुङले प्रचण्डहरु आफ्नो पालिकाको विकासका योजनाहरु लिएर आएकाले माओेवादी प्रवेश गरेको बताए । आफूहरुका लागि जसले विकास गरिदिन्छ त्यसलाई राजा मान्ने गुरुङको भनाइ थियो ।
डोल्पो बुद्ध गाउँपालिकाकाको सबै वडा अध्यक्ष पनि माओवादी प्रवेश गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । यो पालिकामा ६ वटा वडा रहेका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया