सोमबार, वैशाख १४, २०८३

नौ वर्षपछि बल्ल कर्णाली करिडोरका खुलालुमा पक्की पुल

मेरोन्यूज २०७८ कार्तिक २५ गते ९:४१
फाइल फोटो

मान्म । कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो ।

Advertisement
NiccNicc

सम्झौता भएको नौ वर्षपछि बल्ल पुल निर्माण भएको छ । एक महिनाभित्र नै पुल सञ्चालनमा आउने कम्पनीका सञ्चालक दीपक मैनालीले जानकारी दिए । “औपचारिक शुभारम्भ गरेर एक महिनाभित्र नै सञ्चालनमा आउने छ ।” उनले भने, “निर्माणको सबै काम सम्पन्न भएको छ ।”

करिडोरमा पुल नहुँदा नजिकैको जितेगडा बजारबाट फेरीबाट कर्णाली नदीमा सवारी साधन तार्ने गरिएको कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका स्थानीय शिक्षक नवराज शाहीले जानकारी दिए । “पुल नहुँदा फेरीबाट सवारी साधन तार्ने गरिएको थियो ।” उनले भने, “अब पुल निर्माण भएपछि करिडोर क्षेत्रमा यातायातमा साधन सञ्चालनका लागि सहज हुनेछ ।”

सोही करिडोरअन्तर्गतको खुलालुको पुल सञ्चालनमा आएको कालीकोटका पाँच ,बाजुराका पाँच पालिका सहित मुगु र हुम्लावासीलाई यातायात साधनबाट सञ्चालनमा सहज हुने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले जानकारी दिए । “ करिडोरको पक्की पुल सञ्चालनमा आएपछि कालीकोट, बाजुरा, मुगु र हुम्लाका स्थानीयवासीलाई सहज हुनेछ ।” उनले भने, “पक्की पुल नबन्दा ढुवानी धेरै खर्च लाग्ने र कर्णाली राजमार्गबाट कर्णाली करिडोरसम्म भारी बोकेर सामान ओर्सानु पर्ने बाध्यता रहेको थियो । अब त्यो समस्या पूर्णरुपमा हल हुनेछ ।”

करिडोरको पक्की पुल सञ्चालनमा आएमा सुर्खेत, नेपालगञ्जदेखि हुम्लासम्मका सवारी साधन सिधै जाने बाटो खुल्ने पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए ।

प्रतिक्रिया