सुनको मूल्य एक हजार ३०० ले बढ्यो
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १२:२१

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला ९२ हजार २०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा २० बढेको छ । चाँदीको मूल्य एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५० डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया