मंगलबार, मंसिर २३, २०८२

देउवाले बालुवाटारमै गुटको बैठक बोलाए

मेरोन्यूज २०७८ कार्तिक २५ गते १५:०३

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा गुटको बैठक बोलाएका छन् ।

पार्टीको आगामी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनेबारे छलफल गर्न विहीबार बालुवाटारमा गुटको बैठक डाकेका हुन् ।

संस्थापन पक्षबाट एकमात्रै सभापति उम्मेदवार बनाउने एवं महाधिवेशन तयारी समितिबारे छलफल गर्नका लागि देउवाले आफू आफूनिकट नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।

उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतलगायत नेताहरुलाई बालुवाटार बोलाइएको छ ।

प्रतिक्रिया