मंगलबार, मंसिर २३, २०८२

गल्याङमा सभागृह निर्माण

मेरोन्यूज २०७८ कार्तिक २६ गते ९:४९
फाइल फोटो

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा सभागृह (सिटीहल) निर्माण गरिएको छ । गल्याङ –३ स्थित गल्याङबजार नजिक कूल रु तीन करोड ६६ लाख ३५ हजार ३४३ का लागतमा निर्माण भएको सो सभागृहको क्षमता ३०० जनाको छ ।

सहरी विकास संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख इञ्जीनियर झपटबहादुर थापाले बिहीबार गल्याङ नगरप्रमुख भूपराज अधिकारीलाई सभागृह भवन हस्तान्तरण गरे ।

“गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्”, प्रमुख अधिकारीले भने, “अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिइरहेका छौँ ।” रविना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सभागृह निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया