देशभर थप ३९७ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १५:५१

काठमाडौं । नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको ११ हजार ६६ जनाको कोरोना परीक्षण गर्दा ३९७ जनामा संक्रमण पुष्टी भएको हो ।
देशभर ९ हजार १३४ जनाको पीसीआर र १९३२ जनाको एन्टिजेन बिधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टी भएको हो ।
नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय संक्रमित छन् ।
काठमाडौं उपत्यकामा भने शुक्रबार १७१ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।
सोही अवधिमा ३८९ जना कोरोना संक्रमणमुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया