देशभर थप २९५ जनामा कोरोना, दुई जनाको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा २६० र ३ हजार १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण पुष्टी भएका थप दुई जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ११ हजार ४७१ को पुगेको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाकै अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, काठमाडौं उपत्यकामा भने शनिवार ११८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७९, ललितपुरमा ३३ र भक्तपुरमा ६ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा हाल १ हजार ४ सय ४९ सक्रिय संक्रमित छन् ।













सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया