मुस्ताङको थासाङ गाउँपालिकामा भीषण हिमपहिरो
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १४:५३

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका -२ नाउरीकोटमा भीषण हिमपहिरो गएको छ । मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
हिमपहिरोबाट बच्न भागदौड गर्ने क्रममा १ शिक्षक र ६ जना विद्यार्थी घाइते भएको पारम्भिक रिपोर्ट आएको प्रहरीले जनाएको छ । घटना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको थियो ।
बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए ।
भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार पहिरोले बस्तीमा कुनै क्षति पुर्याएको छैन ।
हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको छ ।
सम्बन्धित
















दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
निर्वाचन शान्तिपूर्ण बनाउन नेपाल–भारत सीमानाकामा सुरक्षा कडाइ
निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
प्रतिक्रिया