देशभर थप ३०६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमण पुष्टी भएका ६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्य ११ हजार ४ सय ७७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा ७६ जना, ललितपुरमा २९ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया