अरु पार्टीबाट आएका सबै केन्द्रीय सदस्य मनोनित (विज्ञप्तिसहित)
न्यायालय विवादमा एकीकृत अवधारणा बनाउन अपिल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अन्य पार्टी छाडेर आएका सबैलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
माओवादी, एमाले तथा माले समूह परित्याग गरी एकीकृत समाजवादीमा आएकालाई केन्द्रीय समितिमा मनोनित गर्ने निर्णय गरेको हो ।
विभिन्न पार्टीबाट एकीकृत समाजवादी प्रवेश गरेकाहरुलाई केन्द्रीय समितिमा मनोनित गर्ने पार्टीको स्थायी समितिको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गरेको महासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माले समूहबाट आएका कुलप्रसाद फुयाल, शंकर पोख्रेल र निलमणि बराललाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ ।
यस्तै, माओवादीबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनित गरी सचिवालयमा राख्ने तथा एमालेबाट आएका वंशिधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटीमा राख्ने निर्णय गरिएको छ ।
यसैगरी, एमालेबाट आएका डा.तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने तथा माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषद्मा र कारिप्रसाद यादवलाई २ नं. प्रदेश कमिटीमा मनोनित गर्ने पनि वैठकले निर्णय गरेको सो पार्टीले जनाएको छ ।
न्यायालय विवादमा एकीकृत अवधारणा बनाउन अपिल
एकीकृत समाजवादीले लामो समयदेखि भएको न्यायालयको विवाद समाधानका लागि राजनीतिक दलहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ ।
न्यायालयमा देखिएको समस्याले देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुगेको भन्दै एकीकृत समाजवादीले दलहरुबीच एकीकृत अवधारण बनाउन अपिल गरेको हो ।
न्यायालयभित्रको आन्दोलनले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको भन्दै उसले न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इन्धनमा भएको मूल्यवृद्धिको एकीकृत समाजवादीबाट विरोध
नेकपा (एकीकृत समाजवादी)ले हालै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एल.पी. ग्यासमा गरिएको मूल्य बृद्धिको विरोध जनाएको छ ।
एकीकृत समाजवादीको आइतबार सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकले इन्धन र खाना पकाउने ग्यासमा गरिएको मूल्य बृद्धिको विरोध जनाएको हो ।
‘इन्धन र खाना पकाउने ग्यासमा गरिएको मूल्य बृद्धिले ढुवानी लागत बढ्न जाने र दैनिक उपभोग्य सामाग्रीहरुको समेत मुल्य आकासिदा जनताको दैनिक जीवन कष्टपूर्ण बन्दै गएकाले उक्त मूल्य बृद्धि यथाशिघ्र फिर्ता गर्न यो बैठक नेपाल सरकार तथा नेपाल आयल निगमसंग माग गर्दछ ।’– वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिको पूर्णपाठ
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया