खोप नलगाएका व्यक्तिहरूका लागि अस्ट्रियामा लकडाउन

काठमाडौँ । अस्ट्रियामा कोरोना भाइरसको खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरिएको छ । अस्ट्रिया सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि राष्ट्रव्यापी लकडाउन गरिएको अस्ट्रिया सरकाले जनाएको छ । कोरोना भाइरस कोभिड १९ का विरामीले अस्पतालमा चाप बढ्न थालेपछि सोमबारदेखि यस्तो व्यवस्था गरिएको हो । लकडाउन सुरुमा १० दिनसम्म जारी रहने बताइएको छ । लकडाउनमा १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न पाउने छैनन् ।
झण्डै ९० लाख जनसङ्ख्या रहेको अस्ट्रिया देशमा लकडाउनबाट बीस लाख नागरिक प्रभावित हुने जनाइएको छ । अस्ट्रियाका ६५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाएका छन् । पछिल्ला सात दिनमा प्रति १ लाख जनसङ्ख्यामा संक्रमण दर ८ सयभन्दा बढी रहेको बताइएको छ । त्यहाँ संक्रमण फैलिएसँगै अस्पतालमा बिरामीको भीड हुन थालेको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया