बुधबार, मंसिर २४, २०८२

सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्छु : मुख्यमन्त्री राई

मेरोन्यूज २०७८ मंसिर १ गते १३:१९

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सबैसंग मिलेर काम गर्ने बताएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री राईले सत्तापक्ष र प्रतिपक्ष भएपनि मिलेर काम गर्ने बताए ।

विगतका तितामिठा कुरा मिलाउँदै भोलिका दिनमा सहमतिका साथ जान तयार रहेको भन्दै उनले सत्तापक्ष प्रतिपक्ष नभनी काम गर्ने बताए । सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा प्रदेश प्रमुखको सूचना पढेर सुनाएपछि मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।

प्रस्ताव पेस गर्दै मुख्यमन्त्री राईले प्रदेश सांसदहरुलाई विश्वासको मत दिन आग्रह गरे । अहिले उनको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

प्रतिक्रिया