सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्छु : मुख्यमन्त्री राई
मेरोन्यूज
२०७८ मंसिर १ गते १३:१९

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सबैसंग मिलेर काम गर्ने बताएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री राईले सत्तापक्ष र प्रतिपक्ष भएपनि मिलेर काम गर्ने बताए ।
विगतका तितामिठा कुरा मिलाउँदै भोलिका दिनमा सहमतिका साथ जान तयार रहेको भन्दै उनले सत्तापक्ष प्रतिपक्ष नभनी काम गर्ने बताए । सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा प्रदेश प्रमुखको सूचना पढेर सुनाएपछि मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।
प्रस्ताव पेस गर्दै मुख्यमन्त्री राईले प्रदेश सांसदहरुलाई विश्वासको मत दिन आग्रह गरे । अहिले उनको प्रस्तावमाथि छलफल सुरु भएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया