मंसिर २ गते तपाईको राशीफल
आज २०७८ साल मंसिर महिनाको २ गते बिहीबार, कार्तिक शुक्लपक्षको चतुर्दशी त्रयोदशी तिथि, उप्रान्त पूर्णिमा तिथि रहेको छ । आज मंसिर संक्रान्ति ।
मेष
आम्दानीमा हुने बृद्धिले मान सम्मानमा बृद्धि हुने छ । क्रमशः बोल्ड ब्यक्तित्व बन्दै जाने छ । साथै मधुर खाले र धैर्य ब्यक्तित्व बन्न जाने छ । आम्दानी तथा लक्ष्यहरु प्राप्त हुने छन् । पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नु पर्नेछ । साझेदारीका कामहरुमा विवाद बढ्ने छ ।
वृष
भाग्यको बलियो साथ रहनाले आँटेका कामहरु पूरा हुने छन् । नरम खालको बोली र स्वाभावका कारण बादबिादहरु समाधानतर्फ जाने छन् । समय अनुकूल रहने छ । पेशा तथा ब्यापार ब्यवसायमा संघर्षको अवस्था आउन सक्छ । निर्णयहरु गर्दा धैर्यता साथ गर्नु उपयुक्त हुने छ ।
मिथुन
साझेदारीमा गरिएका कार्यहरु सकारात्मक बन्ने छन् । कर्मको क्षेत्रमा पनि लगनशिलता बढ्ने छ । भित्रि बुद्धिसहित कार्य सम्पादन गर्ने क्षमता बृद्धि हुनेछ । नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुने छ । छोटो छोटो यात्रा हुने छ । शेयर बजार सकारात्मक रहने छ ।
कर्कट
भाग्यको साथ कम हुने भएकाले कार्य सम्पादनमा भने केही ढिलाई हुन जाने छ । पेशागत जीवनमा सन्तोष प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने तथा चाहेका सपनाहरु पूरा हुनेतर्फ जाने विषयले मनमा सन्तोष हुने छ । वित्तिय अवस्था र पुख्र्यौली सम्पत्तिको परिचालनबाट सुख र शान्ति प्राप्त हुने छ ।
सिंह
आवश्यक नै नपर्ने ठाउँमा पनि सुरोपना बढाई दिने भएकाले निर्णय गर्दा ब्यवाहारिक भई गर्नु होला । भाग्य बलियो छ । रिस अत्याधिक हुने भएकाले नियन्त्रण गर्ने प्रयास गर्नुहोस् । आम्दानीमा बृद्धि हुने छ तर नेतृत्वदायी जिम्मेबारी निर्वाह गर्दा अपेक्षाकृत सफलता प्राप्त हुने छैन् ।
कन्या
बोलीमा कडापन बृद्धि हुन पुग्ने छ जसले धन धान्य तथा सम्पत्ति प्राप्तीमा अबरोध पु¥याउने भएकाले बोलीको नियन्त्रणमा ध्यान दिँदा उपयुक्त हुने छ । ब्यक्तित्वमा दृढता आउने छ । मनमा उदासिनता र दुबिधा बढ्ने छ । यसले निर्णय क्षमतामा गिरावट ल्याउने छ । ब्यापार ब्यवसायमा भने लाभ मिल्ने छ ।
तुला
आँटेका काम सम्पन्न गर्न सक्छु भन्ने साहस र विश्वास आउने छ । दृढ खाले ब्यक्तित्व बन्ने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा भाग्य चम्किने छ । साझेदारीमा गरिएका कार्यहरु अनुकूल रहने छन् । सर सापटी दिँदा वा लिँदा भने निकै विचार गरेर मात्र गर्नु उपयुक्त हुन्छ । औषधि, कपडा, ठेक्का पट्टा, मेडिकल क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छ ।
वृश्चिक
पेशागत जीवनमा कदर हुनेछ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयमा सन्तोषजनक अवस्था रहने छ । आम्दानीमा पनि बृद्धि हुने छ । तर मनमा भने निराशा छाइरहने छ । आफुले गरेको कामको उपयुक्त मूल्यांकन हुन जाने छ । ब्यापार बिजनेशमा आवद्धहरुको हकमा पनि आर्थिक लाभ हुने देखिएको छ ।
धनु
धन सम्पत्तिमा बृद्धि हुने छ । भाग्य बलियो भएकाले सुख शान्तिमा बृद्धि हुने छ । घर घडेरी, औषधि, जलविद्युत, सुरक्षा क्षेत्रमा आवद्धहरुलाई सफलता मिल्ने छ । तर बेला बेला आफूलाई भाग्यहिन भएको जस्तो विचार पनि आउन जाने छ । साझेदारीमा गरिएका कार्यहरु सकारात्मक बन्ने छन् ।सामाजिक क्षेत्रसँग आवद्धहरु भने संयमित भएर अघि बढ्दा राम्रो हुने छ ।
मकर
मान प्रतिष्ठामा क्षय हुन जाने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा नोकसानी ब्योहर्नु पर्ने भएकाले धेरै जोखिम भन्दा सन्तुलित कदम नै उपयुक्त रहने छ । मनमा केही विचलनहरु उत्पन्न हुने भएकाले अस्थिरताले ठाउँ पाउने छ । साझेदारीमा गरिएका कामहरुमा प्रगति हुने छ ।
कुम्भ
आम्दानीमा बृद्धि हुने छ । तर मनमा भने एक प्रकारको नकारात्मक विचार आइरहने छ । भाग्य बलियो साथ रहेकाले जीवनका सपनाहरु पूरा हुने तर्फ अघि बढ्ने छन् । पेशागत जीवन र ब्यावसायिक क्षेत्रमा नसोचिएका बादबिबाद तथा अबरोधहरुको सामना गर्नु पर्नेछ । त्यसैले विचार गरेर मात्र निर्णय प्रकृया चाल्नु होला ।
मीन
दाम्पत्य जीवन सन्तुलित रहने छ । ब्यापार ब्यवसायमा धेरै जोखिमका कदमहरु भन्दा ठिक्क जोखिम मात्र लिनु उपयुक्त हुनेछ । पेशागत जीवनमा अनेकौँ अबरोधहरु उत्पन्न हुने छन् । पारीवारका सदस्यहरुको साथ सहित अघि बढेमा कठिानाइसँग जुध्ने भरपर्दाे तागत प्राप्त हुनेछ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया