मंसिर २ गते तपाईको राशीफल
आज २०७८ साल मंसिर महिनाको २ गते बिहीबार, कार्तिक शुक्लपक्षको चतुर्दशी त्रयोदशी तिथि, उप्रान्त पूर्णिमा तिथि रहेको छ । आज मंसिर संक्रान्ति ।
मेष
आम्दानीमा हुने बृद्धिले मान सम्मानमा बृद्धि हुने छ । क्रमशः बोल्ड ब्यक्तित्व बन्दै जाने छ । साथै मधुर खाले र धैर्य ब्यक्तित्व बन्न जाने छ । आम्दानी तथा लक्ष्यहरु प्राप्त हुने छन् । पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नु पर्नेछ । साझेदारीका कामहरुमा विवाद बढ्ने छ ।
वृष
भाग्यको बलियो साथ रहनाले आँटेका कामहरु पूरा हुने छन् । नरम खालको बोली र स्वाभावका कारण बादबिादहरु समाधानतर्फ जाने छन् । समय अनुकूल रहने छ । पेशा तथा ब्यापार ब्यवसायमा संघर्षको अवस्था आउन सक्छ । निर्णयहरु गर्दा धैर्यता साथ गर्नु उपयुक्त हुने छ ।
मिथुन
साझेदारीमा गरिएका कार्यहरु सकारात्मक बन्ने छन् । कर्मको क्षेत्रमा पनि लगनशिलता बढ्ने छ । भित्रि बुद्धिसहित कार्य सम्पादन गर्ने क्षमता बृद्धि हुनेछ । नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुने छ । छोटो छोटो यात्रा हुने छ । शेयर बजार सकारात्मक रहने छ ।
कर्कट
भाग्यको साथ कम हुने भएकाले कार्य सम्पादनमा भने केही ढिलाई हुन जाने छ । पेशागत जीवनमा सन्तोष प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने तथा चाहेका सपनाहरु पूरा हुनेतर्फ जाने विषयले मनमा सन्तोष हुने छ । वित्तिय अवस्था र पुख्र्यौली सम्पत्तिको परिचालनबाट सुख र शान्ति प्राप्त हुने छ ।
सिंह
आवश्यक नै नपर्ने ठाउँमा पनि सुरोपना बढाई दिने भएकाले निर्णय गर्दा ब्यवाहारिक भई गर्नु होला । भाग्य बलियो छ । रिस अत्याधिक हुने भएकाले नियन्त्रण गर्ने प्रयास गर्नुहोस् । आम्दानीमा बृद्धि हुने छ तर नेतृत्वदायी जिम्मेबारी निर्वाह गर्दा अपेक्षाकृत सफलता प्राप्त हुने छैन् ।
कन्या
बोलीमा कडापन बृद्धि हुन पुग्ने छ जसले धन धान्य तथा सम्पत्ति प्राप्तीमा अबरोध पु¥याउने भएकाले बोलीको नियन्त्रणमा ध्यान दिँदा उपयुक्त हुने छ । ब्यक्तित्वमा दृढता आउने छ । मनमा उदासिनता र दुबिधा बढ्ने छ । यसले निर्णय क्षमतामा गिरावट ल्याउने छ । ब्यापार ब्यवसायमा भने लाभ मिल्ने छ ।
तुला
आँटेका काम सम्पन्न गर्न सक्छु भन्ने साहस र विश्वास आउने छ । दृढ खाले ब्यक्तित्व बन्ने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा भाग्य चम्किने छ । साझेदारीमा गरिएका कार्यहरु अनुकूल रहने छन् । सर सापटी दिँदा वा लिँदा भने निकै विचार गरेर मात्र गर्नु उपयुक्त हुन्छ । औषधि, कपडा, ठेक्का पट्टा, मेडिकल क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छ ।
वृश्चिक
पेशागत जीवनमा कदर हुनेछ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयमा सन्तोषजनक अवस्था रहने छ । आम्दानीमा पनि बृद्धि हुने छ । तर मनमा भने निराशा छाइरहने छ । आफुले गरेको कामको उपयुक्त मूल्यांकन हुन जाने छ । ब्यापार बिजनेशमा आवद्धहरुको हकमा पनि आर्थिक लाभ हुने देखिएको छ ।
धनु
धन सम्पत्तिमा बृद्धि हुने छ । भाग्य बलियो भएकाले सुख शान्तिमा बृद्धि हुने छ । घर घडेरी, औषधि, जलविद्युत, सुरक्षा क्षेत्रमा आवद्धहरुलाई सफलता मिल्ने छ । तर बेला बेला आफूलाई भाग्यहिन भएको जस्तो विचार पनि आउन जाने छ । साझेदारीमा गरिएका कार्यहरु सकारात्मक बन्ने छन् ।सामाजिक क्षेत्रसँग आवद्धहरु भने संयमित भएर अघि बढ्दा राम्रो हुने छ ।
मकर
मान प्रतिष्ठामा क्षय हुन जाने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा नोकसानी ब्योहर्नु पर्ने भएकाले धेरै जोखिम भन्दा सन्तुलित कदम नै उपयुक्त रहने छ । मनमा केही विचलनहरु उत्पन्न हुने भएकाले अस्थिरताले ठाउँ पाउने छ । साझेदारीमा गरिएका कामहरुमा प्रगति हुने छ ।
कुम्भ
आम्दानीमा बृद्धि हुने छ । तर मनमा भने एक प्रकारको नकारात्मक विचार आइरहने छ । भाग्य बलियो साथ रहेकाले जीवनका सपनाहरु पूरा हुने तर्फ अघि बढ्ने छन् । पेशागत जीवन र ब्यावसायिक क्षेत्रमा नसोचिएका बादबिबाद तथा अबरोधहरुको सामना गर्नु पर्नेछ । त्यसैले विचार गरेर मात्र निर्णय प्रकृया चाल्नु होला ।
मीन
दाम्पत्य जीवन सन्तुलित रहने छ । ब्यापार ब्यवसायमा धेरै जोखिमका कदमहरु भन्दा ठिक्क जोखिम मात्र लिनु उपयुक्त हुनेछ । पेशागत जीवनमा अनेकौँ अबरोधहरु उत्पन्न हुने छन् । पारीवारका सदस्यहरुको साथ सहित अघि बढेमा कठिानाइसँग जुध्ने भरपर्दाे तागत प्राप्त हुनेछ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया