अदालतमा गोलाप्रथा लागु गर्ने फुलकोर्ट बैठकको निर्णय

काठमाडौँ । सर्वोच्च अदालत फुलकोर्ट बैठक सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको फुलकोर्ट बैठक सकिएको हो । सर्वोच्च अदालतको नियमावली र निर्देशिका पास गरेर फुलकोर्ट बैठक सकिएको हो ।
बैठकले अदालतमा गोलाप्रथा प्रणाली लागु गर्ने निर्णय पनि गरेको छ । फुलकोर्ट बैठकले गरेको गोलाप्रथा प्रणाली लागु गर्ने निर्णयलाई सर्वोच्च प्रशासनले कानून मन्त्रालयमा जानकारी गराउने छ । कानून मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेपछि अदालतमा गोलाप्रथा प्रणाली लागु हुने छ । सर्वोच्चका अनुसार गोलाप्रथा प्रणाली लागु हुन कम्तिमा ३/४ दिन लाग्ने छ ।
सर्वोच्च अदालतमा देखिएको विवाद समाधान गर्न फुलकोर्ट बैठक बसेको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन् भने कानून व्यवसायीहरुले दिनहुँ आन्दोलन गर्दै आएका छन् । उक्त विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया