अदालतमा गोलाप्रथा लागु गर्ने फुलकोर्ट बैठकको निर्णय

काठमाडौँ । सर्वोच्च अदालत फुलकोर्ट बैठक सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको फुलकोर्ट बैठक सकिएको हो । सर्वोच्च अदालतको नियमावली र निर्देशिका पास गरेर फुलकोर्ट बैठक सकिएको हो ।
बैठकले अदालतमा गोलाप्रथा प्रणाली लागु गर्ने निर्णय पनि गरेको छ । फुलकोर्ट बैठकले गरेको गोलाप्रथा प्रणाली लागु गर्ने निर्णयलाई सर्वोच्च प्रशासनले कानून मन्त्रालयमा जानकारी गराउने छ । कानून मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेपछि अदालतमा गोलाप्रथा प्रणाली लागु हुने छ । सर्वोच्चका अनुसार गोलाप्रथा प्रणाली लागु हुन कम्तिमा ३/४ दिन लाग्ने छ ।
सर्वोच्च अदालतमा देखिएको विवाद समाधान गर्न फुलकोर्ट बैठक बसेको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन् भने कानून व्यवसायीहरुले दिनहुँ आन्दोलन गर्दै आएका छन् । उक्त विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो ।
















नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया