बारले भन्यो– आन्दोलनमाथि प्रहरी हस्तक्षेप निन्दनीय
मेरोन्यूज
२०७८ मंसिर २ गते १६:०८

काठमाडौँ । नेपाल बारले एशोसिएशनले आफूहरुको आन्दोलनमाथि प्रहरीले दमन गरेको बताएको छ । बारले बिहीबार पत्रकार सम्मेलन गरी आफूहरुको शान्त्तिपूर्ण आन्दोलनलाई प्रहरीले दमन गरेको भन्दै आन्दोलन थप सशक्त बनाउने घोषणा गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुले आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भएको बताए । बारले आजको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपबाट अध्यक्ष चण्डेश्वर ढकाल र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकोप्रति आपत्ति जनाएको छ ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बारले जनाएको छ । यस्तै बारले सर्वोच्च परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै आफ्नो अदालतलाई युद्धमैदान बनाएको बताएको हो ।
सम्बन्धित
















नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया