शुक्रबार तपाईको राशीफल
आज २०७८ साल मंसिर महिनाको ३ गते शुक्रबार, कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि । आज चतुर्मासव्रत समाप्ति । आज निम्बार्काचार्य जयन्ती तथा गुरुनानक जयन्ती रहेको छ ।
मेष
बाणिमा प्रभावकारीपनाका कारण अरुले ध्यानाकर्षण सृजना गर्न सकिने छ । व्यक्तित्व असल खालको बन्ने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । तर खर्च पनि असाध्यै धेरै हुने हुँदा आर्थिक असन्तुलन भने बृद्धि हुने छ । पेशागत जीवनमा सन्तुलन बिग्रने छ ।
वृष
नाच्न तथा गाउन अग्रसर हुन मन लाग्ने छ । रङ्ग रमाइलोमा झुम्ने तथा रम्ने स्वाभाव हुने छ । नशालु पदार्थका कारण झैझगडा हुने जोखिम रहेकाले सतर्क रहनु होला । परिवारमा असमझदारीहरु देखिने छ । पेशागत जीवनमा आशा गरे जस्तो प्रस्तुति हुन सक्ने छै्न् ।
मिथुन
सामाजिक जीवनमा सम्मानको कमि हुने छ । मनमा चञ्चलताका कारण अधैर्यता आउने छ । पेशागत जीवनमा पनि केही उतार चढावको अवस्था आउने छ । कमाई घट्ने छ भने आम्दानीका स्रोतहरु घट्न जाने छ । दाम्पत्य जीवनमा भने मधुरता कायम रहँदा जीवनसाथिको साथ मिल्ने छ ।
कर्कट
यात्रारत रहनु पर्ने छ । बोलीमा भने अलि लगाम लगाउनु होला । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । आर्थिक कदर र सम्मानहरु पाइने छ । भाग्यको साथ कम रहेकाले आँटेका कामहरु पुरा हुन अलि बढि मेहनत गर्नु पर्ने छ ।
सिंह
झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ । व्यक्तित्वको ओजका कारण विजय भने प्राप्त हुने छ । कडा शैलीको क्रम देखा पर्ने छ । पेशागत जीवन अनुकुल रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । सामाजिक काममा दान दिन मन लाग्ने छ ।
कन्या
अन्तरमुखी स्वाभावका कारण आफ्ना कुरा राख्न नसक्ने व्यक्तित्व हुने छ । लज्जालु खालको व्यक्तित्व हुने छ, जसका कारण चाहिने कुराहरु अभिव्यक्त गर्न पनि असजिलो अनुभव लाग्ने छ । पेशागत जीवन सामान्य खालको रहने छ । आम्दानी पनि औसत रहने छ । बोली अलि रुखो खालको हुने छ ।
तुला
व्यक्तित्व सुन्दर खालको रहने छ । प्रेममा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा पनि मधुरता र प्रेम बढ्ने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ भने आम्दानीमा पनि सन्तोषजनक बृद्धि देखा पर्ने छ । घमण्डिपनामा भने नियन्त्रणको प्रयास गर्नु होला ।
वृश्चिक
मनमा दृढताको अभाव हुने छ । सापटि दिएको पैसा डुब्ने छ । त्यसैले सरसापट दिने बारेमा सोच विचार अपनाउँदा ठिक हुने छ । पेशा तथा व्यावसायमा श्रमिक समस्याबाट जुध्नु पर्ने छ । पेशागत जीवनमा संघर्षरत रहनु पर्ने छ । आम्दानीमा ठिक्क महत्वाकांक्षा राख्नु नै वाञ्छनीय रहने छ ।
धनु
भाग्यको बलियो साथ रहेकाले जित आफ्नै हुने छ । धर्म कर्ममा तिब्रता आउने छ । अरुले कदर गर्ने छन् तर आफ्नै परिवारका सदस्यहरुले भने आलोचना गरिरहने छन् । पेशागत जीवनमा भने संयमित रहनु होला । आम्दानी औसत खालको रहने छ । जोखिमपूर्ण भन्दा निरन्तरतालाई ध्यान दिँदा जोखिमबाट बच्न सकिने छ ।
मकर
मनमा अस्थिरताका क्रम निरन्तर रहँदा उदासिनताले सताउने छ । परिवारमा किचलो रहने छ । मनमा निराशाका क्रमहरु देखा पर्ने छन् । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा कठिनाईबाट गुज्रनु पर्ने छ । आथिक असन्तुलनको अवस्था आउने छ । मान प्रतिष्ठामा क्षय हुने छ ।
कुम्भ
अरुले भनेका साना कुराले पनि मनमा चोट पु¥याउने छ । सामाजिक खालको स्वाभाव हुने छ । परिवारका सम्बन्धहरुमा सुधारका संकेत देखा पर्ने छन् । पेशागत जीवन र आम्दानीमा सन्तुलन कायम हुने छ । बादबिबादबाट टाढा रहनु होला ।
मीन
भावनात्मक सोचाईले गर्दा अलि अव्यावहारिक जस्तो लाग्ने छ । यात्रामा समस्या आउने छ । परिवारमा मधुरता र मिलन छाउने छ । दाम्पत्य जीवनमा पनि मधुरता कायम रहने छ । पेशागत जीवन अनुकुल नै रहने छ । आर्थिक पक्ष धेरै बलियो नभए पनि जोखिमयुक्त पनि हुने छैन् ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया