प्रचण्ड भन्छन् : रामदेव क्रान्तिकारी वैज्ञानिक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पतञ्जली योगपीठका प्रमुख बाबा रामदेव वैज्ञानिक क्रान्तिकारी व्यक्ति भएको बताएका छन् । शुक्रबार पतञ्जलीको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले रामदेवले क्रान्तिकारी शैलीमा परिवर्तन गरेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले रामदेवसँग निकट हुँदै जाँदा कान्तिकारी वैज्ञानिक रहेको थाहा पाएको बताएका थिए । ‘जहिलेदेखि बाबा रामदेवसँग सामिप्यता भयो, जिक्री भयौँ, छलफल गर्न थाल्यौँ, कता–कता उहाँ अलिक बढी रुढीवाढी हुनुहुन्छ होला, अलिक बढी परम्परावादी हुनुहुन्छ होला जस्तो लागेको थियो,’ उनले भने, ‘तर, छलफल गर्दै जाँदा संगत गर्दैै जाँदा उहाँ वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदो रहेछ, त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो ।’
प्रचण्डले योगामार्फत क्रान्तिकारी योगदान दिएको भन्दै रामदेवप्रति आभार व्यक्त गरेका थिए । ‘योगको माध्यमबाट आरोग्यतिर–निरोगीतिर पूरै समाजलाई लैजाने अभिायनको नेतृत्व गर्नुभयो,’ उनले भने, ‘आरोग्यका माध्यमबाट एउटा महान उद्योग सञ्चालन गरी उत्पादन वृद्धिको महान अभियान सञ्चालन गर्नु भयो ।’















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया