प्रचण्ड भन्छन् : रामदेव क्रान्तिकारी वैज्ञानिक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पतञ्जली योगपीठका प्रमुख बाबा रामदेव वैज्ञानिक क्रान्तिकारी व्यक्ति भएको बताएका छन् । शुक्रबार पतञ्जलीको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले रामदेवले क्रान्तिकारी शैलीमा परिवर्तन गरेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले रामदेवसँग निकट हुँदै जाँदा कान्तिकारी वैज्ञानिक रहेको थाहा पाएको बताएका थिए । ‘जहिलेदेखि बाबा रामदेवसँग सामिप्यता भयो, जिक्री भयौँ, छलफल गर्न थाल्यौँ, कता–कता उहाँ अलिक बढी रुढीवाढी हुनुहुन्छ होला, अलिक बढी परम्परावादी हुनुहुन्छ होला जस्तो लागेको थियो,’ उनले भने, ‘तर, छलफल गर्दै जाँदा संगत गर्दैै जाँदा उहाँ वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदो रहेछ, त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो ।’
प्रचण्डले योगामार्फत क्रान्तिकारी योगदान दिएको भन्दै रामदेवप्रति आभार व्यक्त गरेका थिए । ‘योगको माध्यमबाट आरोग्यतिर–निरोगीतिर पूरै समाजलाई लैजाने अभिायनको नेतृत्व गर्नुभयो,’ उनले भने, ‘आरोग्यका माध्यमबाट एउटा महान उद्योग सञ्चालन गरी उत्पादन वृद्धिको महान अभियान सञ्चालन गर्नु भयो ।’













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया