बुधबार, मंसिर २४, २०८२

कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन : काठमाडौं–९ प्रदेशसभा ‘ख’मा भट्टराई सभापतिमा चयन

मेरोन्यूज २०७८ मंसिर ३ गते १३:४९

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउँन थालेको छ ।


काठमाडौंं निर्वाचन क्षेत्र नम्बर–९ को प्रदेश ‘ख’ का राजेन्द्रप्रसाद भट्टराई सभापति बनेका छन् । उनी नेता प्रकाशमान सिंहनिकट हुन् । भट्टराईले आफू सर्वसम्मत सभापतिमा चयन भएको बताए ।

उसपभापतिमा रमेश गौतम र रामसिंह ठकुरी ,सचिवमा माधव भुसाल र देवेन्द्रराज गिरी चयन भएका छन् ।


काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–७ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा नवीन मानन्धर प्रदेश सभापति बनेका थिए ।

प्रतिक्रिया