कांग्रेस महाधिवेशन : चुनावी दौडमा अधिकांश युवा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागलुङमा प्रदेससभा क्षेत्रीय अधिवेशन भइरहेको छ । बागलुङका दुईवटा संघीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमध्ये अधिकांशमा युवाको उम्मेदवारी परेको छ । दुई समूह प्यानल बनाएर चुनावी मैदानमा होमिएकाले मतदानबाट नै नेतृत्व टुंगो लाग्ने निर्वाचन समितिले जनाएको छ ।
यही मंसिर ६ गतेका लागि तोकिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र १० गतेका लागि तोकिएको जिल्ला अधिवेशनको तयारी पनि तीव्र रुपमा भइरहेको छ । जिल्ला सभापतिमा महाधिवेशन प्रतिनिधि जित्नु पर्ने बाध्यात्मक वैधानिक व्यवस्था भएकाले उम्मेदवारको टुंगो हालसम्म लाग्न सकेको छैन ।
बागलुङका क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यमा युवाको वर्चश्व कायम हुने पक्कापक्की छ । दुई प्यानलमा विभाजन भएका कार्यकतामध्ये उम्मेदवारी दिने अधिकांश युवा छन् । पाको पुस्ताका केही नेता मात्रै महाधिवेशन दौडमा छन् ।
‘हामी युवा अब राजनीतिका लागि योग्य भयौँ र त उम्मेदवारी दिएका छौँ,’ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका दिनेश सापकोटाले भने, ‘पार्टी पुनःनिर्माण आवश्यक छ, जसका लागि युवा नेतृत्व अपरिहार्य छ ।’ उनले पार्टी पुनःनिर्माण प्रस्ताव तथा प्रबुद्ध समाजवादको घोषणा पत्र नै तयार गरेर पार्टीको महाधिवेशनमा लागेका थिए ।
नेपाल विद्यार्थी संघका नेता तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी अहिले पनि महाधिवेशन प्रतिनिधिको दौडमा रहेका छन् । युवाको नेतृत्व स्थापित गराउन लागि परेका सुवेदीले बागलुङका सबै वडामा युवालाई नेतृत्व पंक्तिमा ल्याउन सफल भएको दाबी गरे । ‘जिल्ला, प्रदेश र केन्द्रसम्म नै युवाको हातमा नेतृत्व ल्याउनका लागि अहिले प्रतिनिधि छनोटमा ध्यान पुर्याउनुपर्छ,’ उनले भने, ‘हामीले प्यानलकै कुरा गर्दा पनि युवाको सहभागिता उत्साहजनक छ ।’
प्रदेश क्षेत्रीय सभापति, प्रदेश महाधिवेशन प्रतिनिधि र जिल्ला समितिको सदस्यका लागि धेरै युवाले आकांक्षा देखाएका छन् । ‘५० प्रतिशतभन्दा धेरै युवा उम्मेदवार छन्, त्यो पनि ४० वर्ष नकटेका छन्,’ नेविसंघका नेता तथा महाधिवेशन प्रतिनिधिका प्रत्यासी विष्णुप्रसाद शर्मा ‘दारी’ले भने, ‘समावेशीमा पनि युवा नै धेरै छन् ।’
बागलुङका दुई निर्वाचन क्षेत्र र चारवटै प्रदेश निर्वाचन क्षेत्रमा युवा उम्मेदवार रहेको उनले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म भएका वडा, पालिका र क्षेत्रीय निर्वाचनमा निर्वाचित हुने युवाको संख्या उल्लेख्य छ ।

















जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
३३ अंकले घट्यो सेयर बजार
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया