चन्द्रागिरिमा रामदेवको योग ध्यान तथा प्रशिक्षण

काठमाडौँ । योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरेका थिए ।
रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए । शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान पाँच बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो ।
शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरु त्यहाँ पुगेका थिए । त्यस प्रशिक्षणमा योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण सहभागी रहेका थिए ।
त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिप लाइनमा पनि सयर गरेका थिए । रामदेव र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरेका थिए ।










निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया