मंसिर ५ गते तपाईको राशीफल
आज २०७८ साल मंसिर महिनाको ५ गते आइतबार, मंसिर कृष्णपक्षको द्वितीया तिथि ।
मेष
मन प्रफुल्ला हुने छ । पेशागत जीवनमा नयाँ जिम्मेबारी प्राप्त हुने छ । आम्दानीको स्तरमा पनि बृद्धि हुँदा आर्थिक चक्र सहज बन्ने छ । मिठा मिठा खानेकुराहरु खान पाइने छ । परिवारका सदस्यहरुमा भने तनाव देखा पर्ने छ । सवारी दुर्घटनाबारे सतर्क रहनु होला ।
वृष
मान सम्मानमा बृद्धि हुने छ । मन खुशी हुने र ससानो प्राप्तिमा पनि खुशी हुने अवस्था रहने छ । यात्रामा जाने अवसर प्राप्त हुने छ । साथिभाइको साथले पेशागत जीवनमा अनुकुलता देखिने छ । कमाई अपेक्षा गरे जस्तो नबढे पनि बृद्धि तर्फ अघि भने बढ्ने छ । घर घडेरी जस्ता क्षेत्रमा प्रगति हुने छ ।
मिथुन
हडबड गर्ने र स्थिर नहुने स्वाभाव देखा पर्ने छ । जसले गर्दा अरुको विश्वास जित्ने भन्दा गुमाउने अवस्था आउने छ । अरुले गलत मुल्यांकन गर्न पुग्दा मनमा निराशा छाउने छ । आम्दानी सोचे जस्तो हुने छैन् । पेशागत जीवनमा आफु भन्दा माथिका बोससँगको व्यावहार सोच विचार गरेर मात्र गर्नु होला, धेरै नबोल्नु नै उचित हुने छ ।
कर्कट
सामाजिक द्वन्दको शिकार बन्ने चुनौति देखिएकाले सामाजिक विषयमा सोच विचार गरेर मात्र प्रतिक्रिया दिनु होला तथा सहभागिता जनाउनु होला । कमाई सोचे जस्तो हुने छैन् । ऋण लिनु पर्ने वा घर जग्गा बन्धकी राखेर आर्थिक व्यवस्थापन गर्नु पर्ने हुन सक्छ । पेशागत जीवनमा पनि सतर्कता नै अपनाउनु पर्ने देखिन्छ ।
सिंह
जीवनमा उत्साह र उमङ्गको अनुभूति हुने छ । मनमा लागेका कुराहरु छिटोछिटो अघि बढाउन मन लागेता पनि वातावरण भने ढिला गरि मात्र तयार हुने छ । त्यसैले संयमित भई अघि बढ्ता उपयुक्त हुने छ । निर्णय क्षमतामा तिब्रता आउने छ । एकान्तमा बस्न र चिन्तन गर्न मन लाग्ने छ तर यस्तो गतिबिधिलाई अरुले अलि बुझ्न भने सक्ने छैनन् ।
कन्या
आर्थिक हिसावले हेर्दा कमाईमा ह्वात्तै बृद्धि हुने छ । जसले गर्दा अरुलाई समेत सहयोग गर्न सकिने छ । परिवारमा भने तनावको अवस्थाबाट गुज्रनु पर्ने छ । पेशागत जीवन औसत खालको हुने छ । प्रेममा असफलता व्योहर्नु पर्ने छ । परिवारमा पनि द्वन्दात्मक अवस्था आउने छ ।
तुला
स्वार्थी भएको आरोप सहित प्रेममा असफलता भोग्नु पर्ने छ । प्रतिष्पर्धी क्षमतामा भने बृद्धि हुने छ तर अरुले असाध्यै कडाखालको मानिस भनि चित्रण गर्ने छन् । पेशागत जीवन औसत अवस्थाको हुने छ रोकिएका रकमहरु प्राप्त हुने छ, जसले गर्दा आर्थिक रुपमा सहज हुने छ ।
वृश्चिक
निराशाले सताउने छ । उर्जाको अभाव हुँदा अरुले हेप्ने चुनौति देखिन्छ । सामान्य काममा पनि धेरै उल्झनहरु खेप्नु पर्ने छ । शरीरमा आलस्यता बढ्ने र स्वास्थ्य अवस्थामा पनि कमजोरी देखिने छ । पेशागत जीवनमा धेरै महत्वाकांक्षी भन्दा टिकाउने प्रयास गर्नु उपयुक्त हुने छ । आर्थिक संकटका कारण व्यवस्थापन गर्न कठिन हुने छ ।
धनु
समय अनुकुल नरहेकाले आँटेका कामहरु पुरा हुन निकै कठिन हुने छ । प्रशासनिक झण्झट र कठिनाईबाट दुःख पाइने छ । मुद्धा मामिला तथा आरोप प्रयारोपका विषयमा निकै सतर्क रहनु होला । आफुले राम्रो गर्न खोज्दा खोज्दै पनि अरुले त्यसको मर्म नबुझ्दा खिन्नता आउने छ । संयमित रहने प्रयास गर्नु होला । पेशागत जीवन पनि कठिनाईबाट अघि बढ्ने छ ।
मकर
मुद्धा मामिला भोग्नु पर्ने छ । तर दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले त्यत्ति हेप्न भने सक्ने छैनन् । धेरै बोल्ने भन्दा गम्भीर भएर बोल्ने विषयमा निकै ध्यान दिनु उपयुक्त हुने छ । परिवारका सदस्यहरुको साथका कारण परिस्थिति सँहालिने छ । दाम्पत्य जीवनमा विश्वास पैदा हुने छ । आम्दानी औसत खालको हुने छ ।
कुम्भ
पेशागत जीवनमा सफलता प्राप्त हुने छ । आम्दानीमा पनि बृद्धि हुने हुँदा नयाँ नयाँ काम गर्न मनमा उत्साह आउने छ । सृजनशिल व्यक्तित्व हुने छ । बोलीमा भने केही लगाम लगाउँदा नै उपयुक्त हुने देखिन्छ । अरुको विश्वास जित्न सकिने हुँदा नयाँ नयाँ दायरा विकास हुने छन् । यात्रामा भने संयमता अपनाउनु होला ।
मीन
समय प्रतिकुल देखिएकाले धैर्य र संयमता नै मूल मन्त्र मानेर पाइला चाल्नु उपयुक्त हुने छ । धन सम्पत्ति नोक्सान हुने अवस्था आउने छ । पेशागत क्षेत्रमा धेरै महत्वाकांक्षा भन्दा पाएको जिम्मेबारी सहज रुपमा निभाउने बारे केन्द्रीत हुनुहोला । आर्थिक विषयले तनाव दिने छ । परिवारमा पनि द्वन्द देखिने हुँदा शान्तिको अभाव महशुस हुने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)










माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ताेलाकाे ?
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया