मंसिर ५ गते तपाईको राशीफल
आज २०७८ साल मंसिर महिनाको ५ गते आइतबार, मंसिर कृष्णपक्षको द्वितीया तिथि ।
मेष
मन प्रफुल्ला हुने छ । पेशागत जीवनमा नयाँ जिम्मेबारी प्राप्त हुने छ । आम्दानीको स्तरमा पनि बृद्धि हुँदा आर्थिक चक्र सहज बन्ने छ । मिठा मिठा खानेकुराहरु खान पाइने छ । परिवारका सदस्यहरुमा भने तनाव देखा पर्ने छ । सवारी दुर्घटनाबारे सतर्क रहनु होला ।
वृष
मान सम्मानमा बृद्धि हुने छ । मन खुशी हुने र ससानो प्राप्तिमा पनि खुशी हुने अवस्था रहने छ । यात्रामा जाने अवसर प्राप्त हुने छ । साथिभाइको साथले पेशागत जीवनमा अनुकुलता देखिने छ । कमाई अपेक्षा गरे जस्तो नबढे पनि बृद्धि तर्फ अघि भने बढ्ने छ । घर घडेरी जस्ता क्षेत्रमा प्रगति हुने छ ।
मिथुन
हडबड गर्ने र स्थिर नहुने स्वाभाव देखा पर्ने छ । जसले गर्दा अरुको विश्वास जित्ने भन्दा गुमाउने अवस्था आउने छ । अरुले गलत मुल्यांकन गर्न पुग्दा मनमा निराशा छाउने छ । आम्दानी सोचे जस्तो हुने छैन् । पेशागत जीवनमा आफु भन्दा माथिका बोससँगको व्यावहार सोच विचार गरेर मात्र गर्नु होला, धेरै नबोल्नु नै उचित हुने छ ।
कर्कट
सामाजिक द्वन्दको शिकार बन्ने चुनौति देखिएकाले सामाजिक विषयमा सोच विचार गरेर मात्र प्रतिक्रिया दिनु होला तथा सहभागिता जनाउनु होला । कमाई सोचे जस्तो हुने छैन् । ऋण लिनु पर्ने वा घर जग्गा बन्धकी राखेर आर्थिक व्यवस्थापन गर्नु पर्ने हुन सक्छ । पेशागत जीवनमा पनि सतर्कता नै अपनाउनु पर्ने देखिन्छ ।
सिंह
जीवनमा उत्साह र उमङ्गको अनुभूति हुने छ । मनमा लागेका कुराहरु छिटोछिटो अघि बढाउन मन लागेता पनि वातावरण भने ढिला गरि मात्र तयार हुने छ । त्यसैले संयमित भई अघि बढ्ता उपयुक्त हुने छ । निर्णय क्षमतामा तिब्रता आउने छ । एकान्तमा बस्न र चिन्तन गर्न मन लाग्ने छ तर यस्तो गतिबिधिलाई अरुले अलि बुझ्न भने सक्ने छैनन् ।
कन्या
आर्थिक हिसावले हेर्दा कमाईमा ह्वात्तै बृद्धि हुने छ । जसले गर्दा अरुलाई समेत सहयोग गर्न सकिने छ । परिवारमा भने तनावको अवस्थाबाट गुज्रनु पर्ने छ । पेशागत जीवन औसत खालको हुने छ । प्रेममा असफलता व्योहर्नु पर्ने छ । परिवारमा पनि द्वन्दात्मक अवस्था आउने छ ।
तुला
स्वार्थी भएको आरोप सहित प्रेममा असफलता भोग्नु पर्ने छ । प्रतिष्पर्धी क्षमतामा भने बृद्धि हुने छ तर अरुले असाध्यै कडाखालको मानिस भनि चित्रण गर्ने छन् । पेशागत जीवन औसत अवस्थाको हुने छ रोकिएका रकमहरु प्राप्त हुने छ, जसले गर्दा आर्थिक रुपमा सहज हुने छ ।
वृश्चिक
निराशाले सताउने छ । उर्जाको अभाव हुँदा अरुले हेप्ने चुनौति देखिन्छ । सामान्य काममा पनि धेरै उल्झनहरु खेप्नु पर्ने छ । शरीरमा आलस्यता बढ्ने र स्वास्थ्य अवस्थामा पनि कमजोरी देखिने छ । पेशागत जीवनमा धेरै महत्वाकांक्षी भन्दा टिकाउने प्रयास गर्नु उपयुक्त हुने छ । आर्थिक संकटका कारण व्यवस्थापन गर्न कठिन हुने छ ।
धनु
समय अनुकुल नरहेकाले आँटेका कामहरु पुरा हुन निकै कठिन हुने छ । प्रशासनिक झण्झट र कठिनाईबाट दुःख पाइने छ । मुद्धा मामिला तथा आरोप प्रयारोपका विषयमा निकै सतर्क रहनु होला । आफुले राम्रो गर्न खोज्दा खोज्दै पनि अरुले त्यसको मर्म नबुझ्दा खिन्नता आउने छ । संयमित रहने प्रयास गर्नु होला । पेशागत जीवन पनि कठिनाईबाट अघि बढ्ने छ ।
मकर
मुद्धा मामिला भोग्नु पर्ने छ । तर दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले त्यत्ति हेप्न भने सक्ने छैनन् । धेरै बोल्ने भन्दा गम्भीर भएर बोल्ने विषयमा निकै ध्यान दिनु उपयुक्त हुने छ । परिवारका सदस्यहरुको साथका कारण परिस्थिति सँहालिने छ । दाम्पत्य जीवनमा विश्वास पैदा हुने छ । आम्दानी औसत खालको हुने छ ।
कुम्भ
पेशागत जीवनमा सफलता प्राप्त हुने छ । आम्दानीमा पनि बृद्धि हुने हुँदा नयाँ नयाँ काम गर्न मनमा उत्साह आउने छ । सृजनशिल व्यक्तित्व हुने छ । बोलीमा भने केही लगाम लगाउँदा नै उपयुक्त हुने देखिन्छ । अरुको विश्वास जित्न सकिने हुँदा नयाँ नयाँ दायरा विकास हुने छन् । यात्रामा भने संयमता अपनाउनु होला ।
मीन
समय प्रतिकुल देखिएकाले धैर्य र संयमता नै मूल मन्त्र मानेर पाइला चाल्नु उपयुक्त हुने छ । धन सम्पत्ति नोक्सान हुने अवस्था आउने छ । पेशागत क्षेत्रमा धेरै महत्वाकांक्षा भन्दा पाएको जिम्मेबारी सहज रुपमा निभाउने बारे केन्द्रीत हुनुहोला । आर्थिक विषयले तनाव दिने छ । परिवारमा पनि द्वन्द देखिने हुँदा शान्तिको अभाव महशुस हुने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया