कानुन व्यवसायीको माग : गृहमन्त्री राजीनामा देऊ
मेरोन्यूज
२०७८ मंसिर ५ गते १२:२४

काठमाडौँ । कानुन व्यवसायीहरूले गृहमन्त्रीको राजीनामा मागेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीले गृह मन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका हुन् ।
शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च परिसरभित्रै दंगा प्रहरी परिचालन गरेको भन्दै गृह प्रशासनदेखि रुष्ट हुँदै आएको कानुन व्यवसायीहरूले गृहमन्त्रीको राजीनामा मागेको हो । आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका थिए ।
गत बिहीबार प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया