सरकारी अस्पतालमा छिट्टै आवश्यक चिकित्सक दरबन्दी खुला गरिने

मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
समाजवादी प्रेस सङ्गठनद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरोना सङ्क्रमणबाट प्रभावित र सो रोगबाट बच्न अन्य नागरिकलाई पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउने काममा आफैँ सजग हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
उनले छिमेकी राष्ट्र भारत तथा चीन र मित्र राष्ट्र अमेरिकाबाट कोभिड सङ्क्रमणविरुद्धका खोप ल्याई सबै नागरिकलाई लगाउने कार्यलाई तीव्रता दिन सरकारले खोप ल्याउन सुरु गरिसकेको र १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यलाई जोड दिइएको उल्लेख गरे ।
मन्त्री खतिवडाले सङ्घीय सरकारले आगामी चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्ने क्रममा निर्वाचन आयोगलाई निर्वाचन कार्यतालिका तयारी गर्न निर्देशन दिइसकिएको उल्लेख गर्दै आवश्यक शान्ति, सुरक्षा र बजेट निकासा दिनेतर्फ प्रयास भइसकेको बताए ।
उनले दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकीको स्थापना गर्ने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी स्वास्थ्य उपचार सेवालाई तीव्रता दिने सरकारको लक्ष्यका साथ गृहकार्य भइरहेको जानकारी दिए ।
उनले हेटौँडा अस्पताललाई सरकारकातर्फबाट अत्याधुनिक सुविधा समावेश भएको एउटा एम्बुलेन्स आइतबार नै उक्त अस्पतालका रजिष्ट्रार राजेशप्रसाद प्रसाईँलाई हस्तान्तरण गरेका छन् ।










साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ताेलाकाे ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया